• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

निर्माण व्यवसायीको लापरवाहीले हिलाम्य धनगढी

"तीन पटक म्याद थप्दा पनि भएन प्रगति "
  •   सोमबार, भदौ २५, २०८० मा प्रकाशित

धनगढी- धनगढीको मुख्य बजारका सडक निर्माणमा निर्माण व्यवसायीको चरम लापरवाही देखिएको छ। दुई वर्षको ठेक्का सम्झौता भएको मुख्य बजारको साढे १० किलोमिटर सडकको काम तीन पटक गरी एक वर्ष म्याद थपिसक्दा पनि अझै सकिएको छैन। अझ मुख्य बजार, बर्खाका बेला जोतिएपछि बजारमा हिलोले हिडिनसक्नु भएको छ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नेपाल सरकारको, कैलालीका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरका भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना लागु भएको छ। यस अन्तर्गत दुबैतर्फ ढल निकास सहितका सडक, फोहरमैला व्यवस्थापन र पालिकाका भवन निर्माणका कामहरु भइरहेका छन्।

प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढी उपमहानगरपालिकामा भने आयोजनाअन्तर्गत मुख्य बजारको कैलाली पुलदेखि ट्राफिक चौराहासम्मको सडक, सहिदगेटदेखि क्याम्पस, गुल्म चर्च सडक, क्याम्पसचोकदेखि क्याम्पस गेट, डिभोटी होटलदेखि पिपलचौतरा, पिपल चौतारादेखि लवलीचोक, मालपोत रोड र ज्योती रोड गरी ८ वटा सडकको साढे १० किलोमिटरको ठेक्का एकै प्याकेजमा भएको हो।

यी सडकको ठेक्का चितवनको कालिका कन्सट्रक्सनले पाएको छ। २०२० को अगस्त देखि २०२२ को अगस्टसम्म २४ महिनामा सक्ने गरी कालीकाले झण्डै ७७ करोडमा ठेक्का सम्झौता गरेको हो। तर निर्माण व्यवसायीले सहिदगेट क्याम्पस, क्याम्पस चोकदेखि क्याम्पस र मालपोत रोड कालोपत्रे गरे बाहेकका सडकमा खासै प्रगति गर्न सकेको छैन।

‘आठ वटा सडकको कुल भौतिक प्रगती ८१ प्रतिसत भएको छ। वित्तिय प्रगती ५९ प्रतिसत भएको छ। कोभिड, राईट अफ वे खाली हुन नसक्नु, रुख कटान लगायतका कारण देखाउँदै तीन पटक ठेक्काको म्याद पनि थपिएको छ’ शहरी विकास आयोजनाका सूचना अधिकारी ईन्जिनियर सौरभ कलौनीले भने।

उनले, परामर्शदाता कम्पनीले अब भने म्याद नथप्ने र थप्नै परे जरिवानासहित थप्ने गरी पत्रचार गरेको बताए। क्षेत्रीय शहरी विकास आयोजनाको अनुगमनका लागि नेपाल सरकारले विल्डिङ डेभलवमेन्ट अथोरिटि (बिडिए) लाई परामर्शदाताका रुपमा नियुक्त गरेको छ। १७ अगस्त २०२३ मा परामर्शदाता कम्पनीले कालिकालाई अब भने म्याद नथप्ने र थप्नै परे जरिवानासहित थप्ने आशयको पत्र पठाइसकेको छ। कालिकाको तीन पटक थपिएका म्याद कार्तिक मसान्तमा सकिँदैछ।

‘परामर्शदाता कम्पनीले अब जरिवानासहितको म्याद थप्ने भनेर पत्र पठाई सकेको छ। बढीमा १० प्रतिशत भन्दा बढी नपर्ने गरी पेनाल्टी लिन सकिने खरिद ऐनमा व्यवस्था छ’ सूचना अधिकारी कलौनीले भने।

निर्माण कम्पनी कालिका कन्सट्रक्सनका आवाशीय म्यानेजर प्रकाश चन्द्र खरालले आयोजना सुरु भएका बेला निर्धारित २ वर्षको समय अगावै सडक निर्माण सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका थिए। धनगढी उपमहानगरपालिकाले पनि सडक निर्माणमा व्यवसायीको चरम लापरवाही देखिएको भन्दै असन्तुष्टि जनाएको छ।

‘मैले आयोजना अध्यक्ष विक्रम पाण्डे, उहाँका छोरा, आवासीय म्यानेजर सहितका सबैलाई भेटेर मुख्य सडकमा बढी समस्या भयो, छिटो निर्माण गर्नुपर्‍यो भनेर कतिपटक भने, भेटन नै गए तर खासै प्रगति भएन’ धनगढीका मेयर गोपाल हमालले भने।

धनगढीको मुख्य सडकको कैलाली पुलदेखि ट्राफिक चौराहा खण्ड केही हप्ता अघि जोतिएपछि व्यापार व्यवसाय प्रभावित भएको छ भने हिलोले बजारमा गइनसक्नु भएको छ। ‘हिलोले दिनभरी एकजना पनि ग्राहक आउँदैनन्, सडक खन्ने काम मात्रै भयो, सडक खनेर बेश मात्रै हालेर रोलर लगाई दिएको भए यतिको हिलो हुने थिएन’ धनगढीको रातोपुलकी व्यवसायी सरस्वती मल्लले भनिन्,‘यस्तो बर्खाका बेला सडक जोत्ने है होइन नी।’

अर्को व्यवसायी वीरबहादुर महरा भन्छन, ‘तीनरतीन पटक म्याद थप्नु भनेको निर्माणमा लापरवाही हो। म्याद पनि किन थपिएको रु म्याद थप्ने र थपिमाग्ने सबै मिलेका हुन, सडकमा तुरुन्तै बेस हालेर आवागमन सहज बनाउनुपर्छ।’

निर्माण व्यवसायीले कार्तिक मसान्तभीत्र सबै सडकहरु कालोपत्रे गरिसक्ने भन्दै उपमहानगर र सम्बन्धित निकायसँग प्रतिवद्धता नै गरेको छ। तर कामको प्रगति हेर्दा कार्तिकमा सकिने छाँटकाँट छैन।

कम्पनीका ईन्जिनियर अब्दुल वसीर मिया भन्छन, ‘हामीले निर्माण सुरु भएदेखि नै सय मिटरको सडकमा लगातार काम गर्न पाएका छैनौं, अहिले पनि पक्की गरीसकेको सडकको तीनरचार ठाउँमा विवाद छ। त्यस विवादले नाली पनि बन्न सकेको छैन, फुटपाथ पनि बन्न सकेको छैन।’

उनले यसपालिको ढिलाई विद्युतका पोल सार्न नसकेकाले भएको बताए। ‘विद्यतका पोल सार्न सकिएको छैन। नेपाल टेलिकमका पोलहरु पनि सडकमै छन्। अझ खानेपानीको पाइप लाइन सुचारु नगरिएकाले निर्माण भइरहेको सडकको बीचमै खानेपानीको पाइप छ, यी यावत कारणहरुले ढिलाई भइरहेको छ’ इन्जिनियर, मीयाले भने।

कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडकका संरचना उपमहानगरले भत्काएपछि, अहिले त्यहाँ ३० मिटरको चौडा सडकको ठेक्का लागेको छ। प्रदेश सरकारको बजेटमा ठेक्का लागेका उक्त सडकमा पनि पानी जमेर आवागमन प्रभवित भएको छ। तर त्यसैमा कैलाली पुलदेखि चौराहासम्मको सडक पनि कालिकाले जोतेर त्यतिकै छोडिएपछि ३ किलोमिटरको मुख्य बजारमा भने जान नसकिने अवस्था आएको छ। अन्नपूर्णबाट

  • हिलाम्य धनगढी
सोमबार, भदौ २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.