• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शुक्लाफाँटामा गैंडा र कृष्णसार स्थानान्तरण सफल

"स्थानान्तरण गरिएको दुई दशककै अवधिमा यहाँ गैंडाको संख्या दोब्बर भएको छ "
  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित

कञ्चनपुर- सन् १९९५ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको रानीताल क्षेत्रमा एउटा वयस्क गैंडा देखिएको थियो । त्यति बेला संरक्षणकर्मीमा एउटा प्रश्न उब्जियो । यहाँ गैंडाको बासस्थान राम्रो हुन सक्ला रु त्यसका लागि निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तत्काल सम्भाव्यता अध्ययन सुरु गर्‍यो ।

तालतलैयादेखि चरन क्षेत्र सबै राम्रो भएकाले गैंडाको राम्रो बासस्थान हुन सक्ने अध्ययनले देखायो । त्यही अध्ययनलाई टेकेर चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा स्थानान्तरणको योजना बन्यो । सन् २००० मा एक भालेसहित ४ वयस्क गैंडा शुक्लाफाँटामा स्थानान्तरण गरियो । १० वर्षमा यो संख्या बढेर १० पुग्यो ।

त्यसपछि २०१७ मा एक भालेसहित थप ५ वटा वयस्क गैंडा चितवनबाटै स्थानान्तरण गरियो । त्यतिबेला शुक्लाफाँटा वन्यजन्तु आरक्ष स्तरोन्नति भएर निकुञ्ज भइसकेको थियो । काठको बाकसमा राखेर ट्रकबाट एक दिन यात्रापछि यहाँ ल्याइएको गैंडालाई निकुञ्जको रानीताल क्षेत्रमै छाडियो, जहाँ २२ वर्षअघि यहाँको एक रैथाने गैंडा भेटिएको थियो ।

चैत/वैशाखमा डढेलो लागेको निकुञ्जको वन क्षेत्र गर्मीले उकुसमुकुस पारेको थियो । चारैतिर हात्तीले घेरेर ट्रकबाट झारेको गैंडा निकै आक्रोशित भएर हात्तीमाथि जाइलागेर भागेको थियो । यसरी स्थानान्तरित गैंडाले अहिले नतिजा दिन थालेको छ । स्थानान्तरण गरिएको दुई दशककै अवधिमा यहाँ गैंडाको संख्या दोब्बर भएको छ ।

सन् २०२१ को राष्ट्रिय गणनामा यहाँ १२ वयस्कसहित १७ गैंडा भेटिएका थिए । जसमा ३ भाले, ४ पोथी र ५ पहिचान हुन नसकेकोसहित १२ वयस्क, ४ बच्चा र एक तन्नेरी गैंडा भेटिएको निकुञ्ज कार्यालयले जनाएको छ । २०२२ मा पहिचानमा आधारित अनुगमनका क्रममा ४ भाले, ७ पोथी, ६ बच्चा र ३ तन्नेरी गरी २० गैंडा भेटिए ।

‘शुक्लाफाँटामा गरिएको सबै स्थानान्तरण सफल भएका छन्,’ निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत प्रमोदकुमार यादवले भने, ‘शुक्लामा स्थानान्तरण गरिएको गैंडा र कृष्णसारको संख्या लोभलाग्दो गरी बढिरहेको छ ।’

शुक्लाफाँटामा वन्यजन्तुको स्थानान्तरण गैंडाबाटै सन् २००० मा सुरु भएको हो । त्यसपछि मात्रै थप गैंडा र कृष्णसारको स्थानान्तरण गरिएको थियो । ‘बासस्थान र चरन क्षेत्र राम्रो भएकै कारण गैंडाको संख्या निरन्तर बढ्दो छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘यहाँ स्थानान्तरण गरिएको वन्यजन्तुको संख्या उत्साहजनक रूपमै बढिरहेको छ, यसले सबैलाई हौस्याएको छ ।’ उनका अनुसार सबैभन्दा राम्रो अनुपातमा कृष्णसारको वृद्धि भइरहेको छ ।

वन्यजन्तु स्थानान्तरण सुरु भएको १२ वर्षपछि गरिएको कृष्णसारको स्थानान्तरण पनि निकै सफल भएको छ । यहाँ २०१२ देखि १५ सम्म ४२ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो । अहिले उक्त संख्या बढेर २ सय ६४ पुगेको छ । बर्दियाको खैरापुर र नेपालगन्जको मिनी चिडियाखानाबाट निकुञ्जको हिरापुर फाँटामा कृष्णसार स्थानान्तरण गरिएको छ ।

निकुञ्ज कार्यालयका अनुसार अहिले कृष्णसारको संख्या ८७ भाले, १ सय १७ पोथी र ६० पाठापाठी छन् । स्थानान्तरण गरिएको सुरुका वर्षमा संख्या नबढ्दा सबैलाई चिन्तित बनाएको थियो । भालेहरू आपसमा लडेर मर्ने तथा पोथीहरूसमेत रोगका कारण मर्न थालेपछि निकुञ्ज प्रशासनलाई चिन्तासमेत थपिएको थियो । तर पछिल्लो समय कृष्णसारको संख्या बढिरहेकाले स्थानान्तरण सफल बनाएको निकुञ्जकर्मीको भनाइ छ ।

कृत्रिम बासस्थानमा वृद्धि भइरहेको संख्यालाई प्राकृतिक बासस्थानमा पनि छाड्ने विषयमा छलफल सुरु भएको छ । प्राकृतिक बासस्थानमा पनि यही अनुपातमा वृद्धि गर्न सक्नु चुनौती हुने निकुञ्जको निमित्त प्रमुख संरक्षण अधिकृत यादव बताउँछन् । ‘थोरै संख्यामा स्थानान्तरण गरी ल्याएका अहिले यति धेरै भएका छन्,’ यादवले भने, ‘हामी निकै उत्साहित छौं, अब प्राकृतिक बासस्थानमा छाड्दा यही अनुपातमा वृद्धि गराउन भने चुनौती हुन्छ ।’ उनले अझै संख्या बढ्दै गएमा बिस्तारै प्राकृतिक बासस्थानमा पनि छाडिने बताए ।

घेराबारको निश्चित एरियामा चरन र अतिरिक्त आहाराको व्यवस्था गरेर हुर्काइएको कृष्णसारलाई यही अवस्थामा कहिलेसम्म राख्ने भन्ने बहस सुरु भएको छ । तिनलाई निकुञ्जमै केही स्थानमा खुला छाड्ने वा अन्त स्थानान्तरण गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

अन्यत्रबाट शुक्लाफाँटामा गरिएको वन्यजन्तुको स्थानान्तरण सफल भए पनि यहाँबाट अन्यत्र गरिएको स्थानान्तरण भने त्यति सफल हुन सकेन । शुक्लाफाँटाबाट चितवन र बर्दियामा बाह्रसिंगाको स्थानान्तरण गरिएको थियो । बर्दियामा केही हदसम्म सफल भए पनि चितवनमा भने असफल भएको छ ।

चितवनमा २०७४ मा २ भाले र ५ पोथी स्थानान्तरण गरिएको थियो । अहिले एउटा पनि बाह्रसिंगा छैन । बर्दियामा २ भाले र ३ पोथी स्थानान्तरण गरिएको थियो । बर्दियामा यसअघि पनि बाह्रसिंगा भएका कारण त्यसमै घुलमिल भएको सहायक संरक्षण अधिकृत यादव बताउँछन् । ‘चितवनमा त बाह्रसिंगा स्थानान्तरण सफल भएन, बर्दियामा ठिकठिकै भयो,’ उनले भने, ‘अहिले बर्दियाको बघौरा फाँटामा बाह्रसिंगाको देखिन्छन् ।’

 

  • गैंडा र कृष्णसार
मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.