धनगढी- कैलालीको घोडाघोडी नगरपालिका पशु सेवा शाखा प्रमुख छत्रा कुमारी रावत न्यूरेको निधन भएको छ। आज (मंगलबार) हृदयघातका कारण उनको नगरपालिका–१ स्थित आफ्नै घरमा निधन भएको नगर प्रमुख खडकबहादुर रावतले बताए।
उनका अनुसार न्यूरेको राति करिब १ बजेपछि निधन भएको थियो। मृतक छत्राको निधनमा शोक व्यक्त गर्दै नगरपालिकाले आज नगरपालिका र सम्बन्धित वडा कार्यालयहरुमा शोक बिदा दिएको छ।
















