• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

बझाङमा तीन वटा पक्की पुलको निर्माण कार्य अलपत्र

  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित

बझाङ- सेती लोकमार्ग अन्तर्गत जिल्लाको खप्तडछान्ना गाउँपालिकामा निर्माणाधिन तीन वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीहरुको चरम लापरबाहीका कारण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।

सेती लोकमार्ग दक्षिणी खण्डले २०७५ सालमा बोलपत्र आह्वान गरि निर्माण कार्य सुरु गरेको थियो । सम्झौता गरि काम सुरुवात गर्न ठेकेदार कम्पनीले ढिला सुस्ती भएका कारण तीन वटै पुलको निर्माण कार्य रोकिएको थियो ।

खप्तडछान्ना गाउँपालिका-१ को जाडारमा ६ करोड ५० हजारको लागतमा खाम्पा टिडिआर जेभि, खप्तडछान्ना गाउँपालिका-२ कुचेखोला (कालिपछाई) रायमाझी केराभान जेभीले ५ करोड र खप्तडछान्ना गाउँपालिका-७ बिडिगाडमा अम्भर कन्स्ट्रक्सनले ५ करोडको लागतमा सम्झौता गरेको थियो ।

स्थानीय सरकार र स्थानीयबासीले पटकपटक निर्माण छिटो गर्नका लागी ताकेता गरेको भएपनि ठेकेदार कम्पनीले कुनै वास्ता गरेको छैन । पुल समयमै सम्पन्न हुन नसक्दा स्थानीयले अनावश्यक दुख खेप्नुपरेको छ भने दैनिक उपभोग्य बस्तुहरुको आयतमा समेत समस्या भएपछि महङ्गो मुल्य तिर्नुपर्ने बाध्यता छ ।

खप्तडछान्ना गाउँपालिकाका उपाध्यक्ष विष्णु कुमार थापाले भने, “सुरुमा ठेकेदार कम्पनीले ढिला सुस्ती गरेको थियो । गाउँपालिकाबाट समेत पटकपटक ताकेता गरेपछि सेतीलोक मार्गको अफिसबाट समेत ठेकेदारलाई दवाव गरेपछि गएको वर्ष काम गरेको र वर्षायाम सुरु भएकाले बन्द भएको हो । वर्षा सकिएपछि काम गर्ने ठेकेदार कम्पनीसँग कुरा भएको छ” ।

उनले आउँदो असारसम्म जडारी गाड र कुचे खोलाको पक्की पुलको निर्माण कार्य सम्पन्न हुने सक्ने र विडिगाडको पुलमा कार्यालय र ठेकेदार बिच पुलको गुणस्तरका बारेमा केही विवाद भएकाले ढिलो हुन सक्ने बताए । २०७८ साल असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बेमौसमि बाढीका कारण कुचेखोलामा रहेको पक्की पुल एकातिर गाड एकातिर भएर समस्या समेत भएको छ । बाढीले निर्माणस्थल बगाएर लिएपछि ठेकेदार कम्पनीको अधिकाशं सामान बगाएर लिएपछि निर्माण कार्य अलि ढिला भएको समेत ठेकेदार कम्पनीले जनाएको छ ।

ठेकेदारहरुले काम लिने र निर्माण कार्य ढिला गर्ने परिपाटीले गर्दा पनि यस्तो समस्या हुने गरेको स्थानीय ईश्वर जोशीले बताए । निर्माण सुरु भएको पाँच वर्षसम्म पनि पुल नबनेपछि तमैलबाट खप्तडछान्ना गाउँपालिका बासिन्दाहरुले पैदल हिँडेर आवतजावत गर्नु पर्ने समस्या छ । सेती लोकमार्ग दक्षिणी खण्डका प्रमुख रमेश भण्डारीले भने, “सुरुवातमा ठेकेदार कम्पनीले ढिलाई गरेको थियो ।

निर्माण कार्य सुरु भएपछि कोरोना भाईरसको महामारी, बाढी लगायतका समस्याले निर्माण कार्य ढिलाई भएको हो ।” उनले जडार र कालिपछाईको पक्की पुलको गएको असार मसान्तसम्म सम्झौता अवधि भएपनि अझ म्याद थप गरि आउँदो असारसम्म निर्माण सकिने र विडिगाडको पक्की पुलमा कमसल सामग्री प्रयोग भएका कारण केही समस्या उत्पन्न भएको र अब समाधान गरिने समेत बताए ।

जडारर र कुचे खोलाको पक्की पुलको वारी पारिका पिल्लरहरु तयार गरिएका छन् भने ढलान लगायतका अधिकाशं काम गर्न अझै बाँकी छ । त्यसैगरी बिडिगाड पक्की पुलमा भने ढलान भईसकेको भएपनि कमसल सामग्री भएको भन्दै कार्यालयले पुन निर्माण गर्न निर्देशन दिएको छ ।
गोरखापत्रबाट

  • निर्माण कार्य अलपत्र
मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.