धनगढी- कैलालीको धनगढीमा अनुमती बिना सञ्चालन गरिएका दुई अस्पताल बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले अनुगमनका क्रममा अनुमती बिना सञ्चालन गरेको पाइएपछि धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेष्लिटी हस्पिटल र संजिवनी हस्पिटलमा ताला लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर कार्कीले स्थानीय प्रशासनको निर्देशनपछि दुवै अस्पताल बन्द गरिएको जानकारी दिए ।उनका अनुसार प्रशासनले एक दिनको समय दिदै अस्पताल बन्द गर्न निर्देशन दिएको थियोे तर अटेरी गरेपछि बुधबार दुवै अस्पताल बन्द गरिएको हो ।















