• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बाजुरा डिपोमा सकियो चामल, चाडपर्वमा खाद्यान्न अभाव

  •   बिहिबार, भदौ २८, २०८० मा प्रकाशित

बाजुरा-  बाजुराको हिमाली गाउँपालिकामा खाद्यान्न संकट भएको ५ महिना बढी भयो। हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल जेठमा सकिएपछि ५ महिनादेखि खाद्य संकट भएको हिमाली गाउँपालिका ३ का स्थानीय धनलाल रोकायाले बताए।

ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छँया, गाउँपालिकाकै ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो। त्यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत संकट भएको छ। हिमाली गाउँपालिका १ बिच्छयाँका धर्मलाल रोकाया दुई दिन लगाएर कुवाडी अस्थायी डिपोमा चामल किन्न पुगे। तर डिपोमा एक दाना पनि चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फिर्ता भएका छन्।

आर्थिक वर्षमा ०७९/०८० मा कुवाडी डिपोमा ३५ सय क्वीन्टल चामल रहेको थियो। कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा एक दाना पनि चामल नरहेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले बताए।

०८०/०८१ मा कुवाडी डिपोका लागि २५ सय क्वीन्टल कोटा रहेको छ। उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुंगो नभएको प्रमुख ओझाले बताए। कुवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो ५२ मा उपभोक्ताले पाउने गरेका थिए। तर बजारमा त्यही चामल प्रतिकिलो ८० रुपैयाँ हालेर किन्नु परेको छ।

हिमाली गाउँपालिका १ बिच्छँयाबाट चामल किन्न भनेर गाउँबाट २५ जना आएको तर चामल नपाएपछि बजारको महँगो चामल लगेर फिर्ता भएको स्थानीय अम्मलाल बुढथापाले वताए। ‘दुईदिन लगाएर कवाडी पुग्यौं, चामल पाएनौं। बजारको महँगो चामल किनेर ल्यायौं’, उनले बताए। साविकको बिच्छँया गाविसमा मात्र ४ हजार जनसंख्या रहेको छ।

सबै घरमा खाद्य संकट भएको उनले बताए। स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन। हिमाली गाउँपालिका बाजुराको सर्वाधिक विकट गाउँपालिका हो। यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एकसाता लाग्छ।

त्यस्तै, स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल सकिएको ४ महिना पुगेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए। गत आर्थिक वर्षको ५ सय क्वीन्टल चामल जेठ अन्तिममै सकिएको थियो। यो आर्थिक वर्षको चामल ५ क्वीन्टल कोटा रहेको छ।

तर, ढुवानी ठेक्का प्रक्रियामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाले बताएको छ। प्रकृया कहिले सकिने हो, कहिले चामल ढुवानी हुने हो यकिन नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताए। ‘खाद्यान्नको चरम अभाव भयो,’ स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष रोकायाले भने, ‘के गरौं, कसो गरौं भन्ने अवस्था छ। गाउँलेहरू दिनदिनै आएर हामीलाई दबाब दिन्छन्। हामीसँग पनि तत्काल कुनै उपाय छैन।’ स्वामीकार्तिकका पाँचवटै वडामा घरधुरी सर्वेक्षण गर्दा अधिकांश परिवार खाद्य संकटमा रहेको उनले बताए।

बडिमालिका नगरपालिका ८ की विमला रावल सोमबार दिउँसो दुई घण्टा हिँडेर सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल लिन पुगिन्। दिउँसै खाद्य गोदाममा ताला देखेपछि बजारबाट महँगो मूल्यमा चामल किनेर लानु परेको उनले बताइन्। डिपोबाट ५० किलो चामल किन्ने गरी पैशा जोहो गरेर आएको डिपोमा चामल नभएपछि बजारबाट २५ किलो मात्र चामल किनेर लिनु परेको उनको भनाइ छ।

दुर्गमका डिपोमा ५ महिनादेखि चामल अभाव छ भने जिल्ला सदरमुकाम मार्तडीको डिपोमा भदौ २४ गतेदेखि चामल सकिएर सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ। सूचनामा लेखिएको छ, ‘खाद्यान्न डिपोमा रहेको मौज्दात चामल सकिएको हुँदा खाद्यान्न प्राप्त नभएसम्मका लागि बिक्री वितरण कार्य बन्द भएको ब्यहोरा सर्वसाधारणमा जानकारी गराइएको छ।’

मार्तडीको डिपोमा १ सय क्वीन्टल, कारागारका कैदीबन्दीका लागि मात्र छ भने कोल्टी डिपोमा ३ सय क्वीन्टल चामल मौज्दात रहेको छ। त्यो पनि एक हप्तासम्मका लागि मात्र पुग्ने र त्यसपछि कोल्टी डिपोमा पनि ताला लगाउनु पर्ने अवस्था हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाका अनुसार ठेक्का बोलपत्र आह्वान साउन २१ गते सकिएको हो। त्यसपछिको प्रकृया चलिरहेको छ। यस्तै ढिलासुस्ती हुने हो भने दसैंसम्म पनि चामल नआउन सक्ने ओझाले बताए।

बाजुरामा जहिलै दसैं तिहारमा खाद्यान्न अभाव हुने गरेको छ। यो भन्दा अघिल्ला वर्षहरूमा वर्षात्का कारण साफे–मार्तडी सडक बन्दको कारण देखाउँदै चामल ढुवानी हुन नसकेको भन्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी यो वर्ष ठेक्का प्रकृया ढिलो भएको भन्दै बहाना बनाइरहेको छ। एक महिना पहिले मात्र यो वर्षको दसैंसम्म खाद्यान्न अभाव नहुने भन्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई महिना नपुग्दै चामल अभाव भएको सूचना टाँस गरी खाद्यन्न गोदाममा ताला लगाएको छ।

बाजुरामा आफ्नो उत्पादनले तीन महिनासम्म खान पुग्ने जनसंख्या ४० प्रतिशत छ। हरेक वर्ष ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांक छ। अपुग खाद्यान्नको पूर्ति खाद्य संस्थान र बजारबाट हुने गरेको छ। बाजुरामा कुल जमिनको ९ दशमलव २१ प्रतिशत मात्रै खेतीयोग्य रहेको केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैसीले जानकारी दिए। त्यसमा पनि सिञ्चित क्षेत्र दुई प्रतिशतभन्दा कम छ। ‘बाजुरा खाद्य सुरक्षाका दृष्टिले उच्च जोखिमयुक्त जिल्ला हो,’ जैसीले भने, ‘बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुन्छ।’अन्नपूर्णबाट

  • खाद्यान्न अभाव
बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.