• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

दार्चुलाका जनप्रतिनिधिकाे चेतावनीपछि वार्तामा बस्याे भारतीय पक्ष, एसएसबीबाट गल्ती भएको स्वीकार

  •   बिहिबार, भदौ २८, २०८० मा प्रकाशित

दार्चुला-  नेपालका जनप्रतिनिधिले भारतले निर्माण गरिरहेको नेपाल–भारत जोड्ने महाकाली पुल निर्माणकार्य अवरोध गर्ने चेतावनी दिएसँगै भारतीय पक्ष दार्चुला प्रशासन र जनप्रतिनिधिसँग वार्ता गर्न आएको छ। भारत उत्तराखण्डअन्तर्गत धारचुला उपजिल्ला अधिकारी (एसडिएम) दीपेश शासनीले जिल्ला प्रशासन कार्यालय दार्चुलामा आएर वार्ता गरेका हुन्।

महाकाली नगर प्रमुख नरसिंह चैसिर र व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले आफूहरूलाई व्याँस प्रवेशमा रोक लगाउनुको कारण माग गर्दै भदौ २४ गते प्रशासनलाई ध्यानाकर्षणपत्र बुझाएका थिए। ध्यानाकर्षणपत्रमा भारतले तीन दिनभित्र उचित जवाफ नदिए मोटरबेल पुल निर्माणमा अवरोध गर्ने चेतावनी दिएका थिए।

नगर प्रमुख चैसिरले बुधबार सांकेतिक रूपमा पुल निर्माण कार्य रोक्न निर्माण कम्पनीसँग आग्रह गरेका थिए। पुल निर्माणकार्य रोकिएको एक घन्टापछि भारतीय प्रशासन वार्ता गर्न तयार भएको हो। भारतले सुरुमा धारचुलामा बैठक बस्नुपर्ने प्रस्ताव गरेको थियो । तर, नेपालका जनप्रतिनिधिले अस्वीकार गरेपछि एसडिएम दार्चुला प्रशासनमा आएका हुन्।

गत भदौ २० गते सशस्त्र प्रहरीको तिंकर छायालेकमा स्थापना भएको बोर्डर आउट पोस्टको उद्घाटनमा जाने क्रममा नगर प्रमुख चैसिर, व्याँस गाउँपालिका अध्यक्ष धामी र विद्यार्थी नेता दीपक खातीलाई भारतीय एसएसबीले तिगरमबाट फर्काएको थियो। भारतीय एसडिएम कार्यालयकै अनुमति लिएर गएका उनीहरू फर्काएपछि जनप्रतिनिधिले आफूहरू रोकिनुको कारण भारतीय प्रशासनसँग माग गरेका हुन्।

बैठकमा भारतीय एसडिएम शासनीले त्यो दिन सञ्चारमा समस्या भएकै कारण एसएसबीबाट गल्ती हुन पुगेको स्वीकार गरेका छन्। ‘मिस कम्युनिकेसनको कारण त्यो समस्या भयो, नहुनुपर्ने भयो,’ बैठकमा भारतीय अधिकारीले भनेका कुरा उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी किरण जोशीले भनिन्, ‘अब यस्ता समस्या हुन दिँदैनौँ भनेर बैठकमा भनेका छन्। बैठक सौहार्द रूपमा सकिएको छ। आगामी दिनमा यस्ता गल्ती हुन दिदैनौँ भनेर उनले भनेका छन् ।’

बैठकमा सहभागी जनप्रतिनिधिका अनुसार एसडिएम शासनीले त्यो दिन आफूहरू कार्यालयमा नभएको र बाहिर भएको अवस्थामा सञ्चार नहुँदा समस्या भएको बताएका थिए।

‘पास जारी गर्ने वेला अरू कर्मचारीले पनि गरेका हुन सक्छन्, त्यो ठूलो विषय होइन्,’ बैठकमा भारतीय पक्षले भन्यो । तर, फोन सम्पर्क नहुँदा रोकिनुपरेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त भएको छ।

व्याँस गाउँपालिका– १ तिंकर छायालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट उद्घाटनको क्रममा प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, जिल्लास्थित सुरक्षा अधिकारीलगायतलाई भने व्याँस जान रोकेको थिए। नयाँपत्रिकाबाट

  • एसएसबीबाट गल्ती
बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.