• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

बझाङमा गोदाममै कुहिन थाल्यो चामल

  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित

बझाङ- बर्सेनि भात खानकै लागि सरकारसँग हारगुहार गर्न बाध्य छन् बझाङको साइपाल गाउँपालिकाबासी। यहाँ हरेक हिउँद र बर्खायाममा खाद्यान्न अभाव हुने गर्छ। सदरमुकाम चैनपुरबाट ३ दिनको निरन्तर पैदल दूरीमा रहेको साइपाल गाउँपालिकामा बर्खायाम र हिउँदयाममा बाटो बन्द हुँदा खाद्यान्नको चरम अभाव हुने गर्छ।

यसपटक पनि वर्षायाम सुरु भएसँगै सदरमुकाम चैनपुरबाट ल्याएको चामल तलकोट गाउँपालिकाको पनाल्त र कुवाका गोदाममा थन्किएकाले कुहिने अवस्थामा छ। साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था सिर्जना भएको छ।

साइपाल गाउँपालिकाको काँडामा रहेको डिपो कार्यालयमा रहेको सबै खाद्यान्न वितरण भएपछि विगत एक महिनादेखि खाद्यान्न अभाव भएको हो। वडा नम्बर १ र २ मा चामल भए पनि वडा नम्बर ३, ४ र ५ का काँडा, बलौडी, न्यूना र धुलीलगायतका ठाउँमा समस्या परेको छ।

चीनसँग सीमा जोडिएको जिल्लाको दुर्गम साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएपछि पैसा भएर पनि किनेर खानेसम्म अवस्था नभएको साइपाल गाउँपालिका वडा नम्बर ४ का ढोक्कल बोहराले बताए। हिमाली भेग भएकाले खाद्यान्न उत्पादनसमेत न्यून मात्रामा हुने र यातायात सञ्जालसमेत नजोडिएकाले साइपाल गाउँपालिकामा बर्सेनि खाद्यान्न अभाव हुँदै आएको छ।

अहिले चामल सकिएकाले कोदो, जौ, गहुँको रोटी मात्रै खानुपर्ने अवस्था रहेको वडा नम्बर ३ का जंगबीर बोहराले बताए। उनले भने, ‘साइपालमा न्यून मात्रामा खाद्यान्न उत्पादन हुन्छ। उत्पादन भएको खाद्यान्नले ६ महिना पनि खान पुग्दैन। सरकारले ठेकेदारलार्ई समयमै ठेक्का दिँदैन। ठेकेदारले जहिल्यै समयमै ढुवानी नगर्दा हामीलार्ई समस्या भइरहेको छ।’

घाँस गोदाममै कुहिन थाल्यो चामल

गत आर्थिक वर्षमा सरकारले ढुवानी अनुदान दिएको दुई हजार पाँच सय क्विन्टलमध्येको ३० क्विन्टल चामलसहित ४३० क्विन्टल चामल अझै तल्कोट गाउँपालिकाको पनाल्तको गाईवस्तुलार्ई घाँस राख्ने ठाउँमा अलपत्र फालिएको छ। उक्त चामल कुहिने अवस्थामा छ। स्थानीयको विरोधपछि ठेकेदारले पहिलेभन्दा व्यवस्थित गरेर चामल ढुवानी गर्न थालेको र यसका लागि अझै दुई साता लाग्ने साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए।

अध्यक्ष बोहराले भने, ‘निकै ढिलोगरी ठेकेदारसँग ढुवानीका लागि सम्झौता भयो। केही समय ठेकेदारले लापरबाही गरे। ढुवानीका क्रममा बर्खायाम सुरु भयो। साइपाल पुगे जति चामल सकियो। अब ४०० क्विन्टल चामल पनाल्तमा रोकिएको छ। केही बोरा मात्रै कुहिएको हो। चामल ताजा नै छ। मौसम सफा हुँदै गएकाले ढुवानी काम सुरु हुन थालेको र एक दुई हप्ताभित्र चामल अभाव भएका ठाउँमा पुग्छ।’

ढुवानीको जिम्मा पाएको जाल्पादेवी सप्लायर्सका देवराज जोशीले खच्चड अभावका कारण ढुवानीमा समस्या भएको बताए। उनले गत वर्षको ३० क्विन्टल र गाउँपालिकाले खरिद गरेको चामल बिचबाटो पनाल्तमै भण्डार गरिएको बताए। खाद्य संकटका हिसावले साइपाल गाउँपालिका उच्च जोखिममा छ। हाल बझाङका तीनवटा डिपो कार्यालय र सदरमुकाम चैनपुर नजिकै रहेको देवलबाट खाद्यान्न वितरण हुँदै आएको छ।

स्थानीय शेरबहादुर बोहरा भने गाउँमा भोकभरी हुने अवस्था रहेको र यता बिचबाटोमा अलपत्र फालिएको चामल कुहिन थालेको गुनासो गर्छन््। उनका अनुसार स्थानीय सरकारले खच्चडवालालार्ई दुवानी भाडा बढाइदिए चामल ढुवानीमा समस्या नहुने देखिन्छ। ठेकेदारले खच्चडवालालार्ई न्यून भाडामा बोकाउन खोज्दा उनीहरूले अनुकुल परिस्थितिमा मात्रै बोक्ने गरेको उनको भनाइ छ।

स्थायी डिपो माग्दा आश्वासन मात्रै

साइपालमा भइरहने खाद्यान्न अभाव टार्न गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्र धामी र गाउँपालिकाका वर्तमान अध्यक्ष मानबहादुर बोहरा ठाउँठाउँमा निकै धाए। यतिसम्म कि गाउँपालिकाका वर्तमान अध्यक्ष बोहराले त झन् डिपो नभइकन बझाङ नै नफर्किने अड्डीसमेत कसे। तर, उनलार्ई पनि आश्वासन बाहेक केही मिलेन। अहिले उनी धनगढीस्थित खाद्य कम्पनीको डिपोमा हिउँदयामको चामल ढुवानीका लागि धाइरहेका छन्। अन्नपूर्णबाट

  • कुहिन थाल्यो चामल
शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.