• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १८ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

सीमा स्तम्भ अस्तव्यस्त हुँदा सधैं विवाद

"कञ्चनपुरमा ब्रह्मदेवदेखि पुनर्वासको डोकेबजारसम्म १ सय २९.५ किलोमिटर सीमा भारतसँग जोडिएको छ, जहाँ दर्जन बढी ठाउँमा विवाद देखिएको छ "
  •   शनिबार, भदौ ३०, २०८० मा प्रकाशित

कञ्चनपुर- टनकपुर बाँध छेउमै रहेको ३ नम्बर सीमा स्तम्भ हराएको वर्षौं भयो । स्थानीयका अनुसार उक्त स्तम्भ टनकपुर बाँधको जलाशयको बीच भागमा छ । यही स्तम्भ हराएका कारण उक्त क्षेत्रमा बेलाबेला सीमा विवाद हुने गरेको छ । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले विभिन्न समयमा नेपाली भूभागमा सडक निर्माणदेखि सामुदायिक वनमा वृक्षरोपण र मुक्त हलियाका घर निर्माणमा समेत अवरोध गर्दै आएको छ ।

महाकाली नदीमा हराएको सीमा स्तम्भ यो मात्रै होइन । भीमदत्त नगरपालिका–११ भुजेलामा ०७० सालको बाढीले बगाएको स्तम्भ पनि हराएको छ । त्यसपछि उक्त स्तम्भको खोजी भएको छैन । भीमदत्त–९ खल्लामा पनि महाकाली किनारमा एउटा स्तम्भ ढलेको छ । महाकालीको बाढीले आधा जति ढाकिएको स्तम्भ हराउन सक्ने अवस्थामा छ ।

यसैगरी भीमदत्त–१० जिमुवामा पनि एउटा स्तम्भ वर्षौंदेखि नालामा ढलेको अवस्थामा छ । ‘कतै पिलर ढलेका छन्, कतै हराएका छन्,’ भीमदत्त–१० जिमुवाका भवानीदत्त जोशीले भने, ‘यसकै वहानामा एसएसबीले बेला बेलामा दुःख दिने गरेको छ ।’ उनका अनुसार ब्रम्हृदेवको स्तम्भ टनकपुर बाँध निर्माणकै बेलादेखि हराएको हो । खल्लाको स्तम्भ ०७० को बाढीले ढलाएको हो ।

उसो त ब्रम्हृदेवमा एसएसबीले बस्तीको बीचमै काठको किला गाडेको छ । त्यही किलालाई पिलर मान्दै आएको छ । जसका कारण स्थानीयलाई बेलाबेला दुख भइरहेको छ । खेतीपाती गर्दा होस् वा घर निर्माण गर्दा एसएसबीले अवरोध गर्दै आएको छ । कञ्चनपुरमा मुख्य, सहायक र साना गरी ३ सय ९० स्तम्भ हुनुपर्ने हो । तीमध्ये ३२ वटा हराएका छन् । १ सय ७१ निर्माण नै भएका छैनन् । ४१ वटा नदीमा बगेका छन् । ७ वटाको पुनर्निर्माण गर्नुपर्ने छ । १३ वटाको मर्मत गर्नुपर्ने छ । बाँकी १ सय २६ स्तम्भ मात्रै ठीक साबिक अवस्थाका छन् ।

‘सीमा स्तम्भ नै ठीक अवस्थामा नभए धेरै समस्या आउँछ,’ सीमा सरोकार समूहका अध्यक्ष पल्लवराज भट्टले भने, ‘यसले स्थानीय स्तरमा सानाठूला समस्यासमेत निम्त्याउने गरेको छ ।’ कञ्चनपुरमा ब्रम्हृदेवदेखि पुनर्वासको डोकेबजारसम्म १ सय २९.५ किलोमिटर सीमा भारतसँग जोडिएको छ । उक्त क्षेत्रमा दर्जन बढी ठाउँमा विवाद देखिएको छ ।

सीमा स्तम्भलाई नै देखाएर एसएसबीले दुःख दिइरहेको छ । पिलरकै विवादका कारण एसएसबीले बेलौरी नगरपालिका–८ पचुँईमा हुलाकी सडक निर्माणमा पनि अवरोध गरेको छ । उक्त क्षेत्रमा १२ सय मिटर हुलाकी सडक निर्माण रोकिएको छ । त्यहाँ सीमा स्तम्भ सडकबाट निकै टाढा भए पनि एसएसबीले अवरोध गरिरहेको हो ।

दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभरमा पनि एउटा पिलर केही वर्षअघि महाकालीको बाढीले बगाइसकेको छ । अर्को पिलर महाकालीभन्दा केही पर छ । कुतियाकभरमा महाकालीले निरन्तर कटान गर्दा उक्त पिलरसमेत बगाउने जोखिम छ । बस्तीसँगै पिलर जोगाउन उक्त क्षेत्रमा समयमै कटान रोकथाम गर्नुपर्ने आवश्यक छ ।

चार वर्षअघि नेपाल–भारत संयुक्त सर्भे टोलीले नयाँ नक्साका आधारमा दक्षिणी क्षेत्रबाट नापीको काम सुरु गरेको थियो । सो नापी गर्दा नेपालतर्फ दर्ता जमिनसँगै महाकाली सिँचाइ आयोजनाको नहर समेत भारतमा पर्न थालेपछि स्थानीयले विरोध जनाए । स्थानीयकै विरोधपछि अहिले नापी कार्य स्थगित भएको छ । स्थानीयले स्ट्रिप नक्सा नै खारेजीको माग गरेका छन् ।

जोर पिलर भारतले र विजोर पिलर नेपालले निर्माण तथा मर्मत गर्नुपर्ने हो । स्ट्रिप नक्साको विवादपछि नयाँ पिलर निर्माण मात्रै होइन पुरानाको मर्मतसमेत स्थगित भएको छ । ‘सीमा स्तम्भको मर्मत तथा निर्माणको काम सशस्त्र प्रहरीले गर्नेछ, कात्तिकदेखि लागत स्टिमेट बनाएर काम अगाडि बढ्नेछ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘त्यसपछि मर्मत तथा निर्माणको काम सुरु हुनेछ ।’ सीमा सरोकार समूहका अध्यक्ष भट्टका अनुसार अधिकांश विजोर पिलर नै हराएका र मर्मत गर्नुपर्ने छन् । जुन नेपालले नै मर्मत तथा पुननिर्माण गर्नुपर्ने हो । कान्तिपुरबाट

  • सधैं विवाद
शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १८ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.