काठमाडौं- पत्रकार यम बमको अध्यक्षतामा सुदूरपश्चिम पत्रकार समाज, काठमाडौं गठन भएको छ। सुदूरपश्चिम प्रदेश घर भई काठमाडौंमा कार्यरत पत्रकारहरूको शनिबारको भेलाले नयाँ पत्रिका दैनिकका पत्रकार बमको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
समितिको उपाध्यक्षका लक्ष्मी बलायर, सचिवमा भुपेन्द्र शाह, कोषाध्यक्षमा सरिता थारू र सहसचिवमा रमेश टमट्टा रहेका छन्। समितिको सदस्यमा सन्तोष रोकाया, प्रशान्त ओझा, लोकेन्द्र भट्ट, कृष्णसिंह लोथ्याल, कपिल भट्ट र हरि भट्ट रहेका छन्।













