• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले गर्‍यो गाडी फिर्ता, दुई दलको अटेरी!

  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले सरकारी गाडी फिर्ता गरेको छ । प्रदेश सभा सचिवालयले माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरीले प्रयोग गरिरहेको गाडी तीन दिनभित्र फिर्ता गर्न भन्दै पत्र काटेको थियो । तीन दिनसम्ममा फिर्ता गर्न भनिए पनि नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले पाँचौँ दिनमा गाडी फिर्ता गरेका हुन् ।

‘उहाँले हिजो साँझ सभामुख ज्यू लाई आफूले प्रयोग गरिरहनु भएको गाडीको चाँवी दिनु भएको रहेछ सभामुख ज्यूले मलाई दिनु भएको छ’, प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले भने । नागरिक उन्मुक्ति पार्टीले फिर्ता गरे पनि अझै सम्म माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले भने गाडी फिर्ता गरेका छैनन् ।

प्रदेश सभा सचिवालयले गाडी फिर्ता मागेकै दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री कमल बहादुर शाहले तीन दलका मन्त्री दलका नेता र प्रमुख सचेतकलाई बोलाएका थिए ।

मुख्यमन्त्री सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, सामाजिक विकास मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि थिए । माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरीसँगै तीनै दलका प्रमुख सचेतकहरू पनि उपस्थित बैठकमा अनुसूची संशोधन गरेर भएपनि दलका नेतालाई गाडी दिनुपर्ने छलफल भएको एक नेताले बताए ।

‘मुख्यमन्त्रीले अनुसूची संशोधन गरेर दलका नेतालाई गाडी उपलब्ध गराउने आश्वास दिनुभएको छ’, एक नेताले भने । मुख्यमन्त्री शाहले अनुसूची संशोधनको तयारी भइरहेको हुँदा गाडी फिर्ता नमाग्न संसद् सचिवालयलाई दबाब दिएको पनि स्रोतको दाबी छ। तर, संसद् सचिवालयले भने तीन दिन भित्र गाडी फिर्ता गर्न भन्दै मंगलबार पत्र काटेको थियो ।

त्यस अघि शुक्रबार नै सार्वजनिक लेखा समितिले तीन दिन भित्र गाडी फिर्ता मागी जानकारी दिन भन्दै प्रदेश सभा सचिवालयलाई निर्देशन दिएको थियो ।

सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीले केही समय अघिबाटै सरकारी गाडी दुरुपयोग भएको भन्दै चासो दिएका थिए । त्यसपछि लेखा समितिले पनि यस विषयमा चासो दियो । लेखा समितिले अहिले तीन दलका नेताले प्रयोग गरिरहेको गाडी फिर्ता माग्न मात्रै भनेको छैन । ती गाडीमा भएको खर्च विवरण पनि पेस गर्न भनेको छ ।

केही महिना देखी तीन दलका नेताले प्रयोग गरेको गाडीमा करिब ३ लाखको हाराहारीमा सरकारी खर्च समेत भइसकेको छ । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ को दफा ६ उपदफा १ अनुसार अहिले यहाँका सबै सत्ता पक्षका संसदीय दलका नेताहरूले गाडी सुविधा दिइरहेका छन् । ती पदाधिकारीहरूलाई सोही ऐनमा अनुसूची १ अनुसार थप सुविधा मार्फत इन्धन र मोबिल उपलब्ध गराउने लेखिएको छ ।

तर, अनुसूची १ ले भने सत्ता पक्षका संसदीय दलका नेतालाई चिन्दैन । उक्त ऐनमा रहेको अनुसूचीमा सत्ता पक्षका संसदीय दलका नेतालाई कुनै पनि सुविधा दिने उल्लेख गरिएको छैन । अनुसूचीमा सभामुख, विपक्षी दलको नेता, उपसभामुख, सत्ता पक्षको प्रमुख सचेतक्सभापति र सत्ता पक्षको सचेतक्विपक्षी दलको प्रमुख सचेतकलाई सुविधा दिने उल्लेख गरिएको छ ।

  • गाडी फिर्ता
आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.