डोटी – डोटीमा वर्षाका कारण एक घरमा आंशिक क्षति पुगेको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–४ स्थित चन्द्रादेबी दमाईको घरमा आइतबार वर्षाका कारण आंशिक क्षति पुगेको हो।
दुई तले ६ कोठे कच्ची घरको दायाँ साइडको दिवाल भत्केर आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। घरको दिवाल भत्कीदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।













