• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २१ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

रामारोशनमा पर्यटकलाई प्रवेश अनुमति दिन स्थानीयको माग

  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित

मङ्गलसेन- विदेशी नागरिकलाई पर्यटकीय स्थल रामारोशन प्रवेशको अनुमतिका लागि स्थानीयले आग्रह गरेका छन् । रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदको अगुवाइमा भएको सर्वपक्षीय बैठकले विदेशीलाई एक महिनासम्मका लागि अनुमति दिन माग गरेका हुन् ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने नाममा अछाम भित्रिएका विदेशी नागरिक स्थानीय प्रशासनको अनुमति नभएका कारण बिच बाटोमै रोकिएका छन् । ‘वल्र्ड रेन्वो फेमिली’ नामक संस्थाले सेप्टेम्बर १५ देखि अक्टोबर १५ सम्मका लागि रामारोशनमा कार्यक्रम सञ्चालन गर्न अनुमति मागेको थियो ।

प्राकृतिक तथा भौगोलिक वातावरणमा प्रतिकूल असर नगर्ने, सामाजिक रूपमा प्रतिकूल असर नपार्ने र भिसा अवधि थपसहित रामारोशन जमघट कार्यक्रमका लागि गृह मन्त्रालयसँग अनुमतिका लागि आग्रह गर्ने निर्णय गरिएको स्थानीयवासीले जनाएका छन् ।

यस्तै सङ्घीय पर्यटन मन्त्रालय, सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जिल्ला प्रशासन, डिभिजन वन कार्यालयलाई पनि पत्रचार गरी विदेशी नागरिकलाई रामारोशनमा एक महिनाको अवधिसम्म रहन दिने अनुमतिका लागि अनुरोध गरिएको छ ।

गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय राजनीतिक दल, रामारोशन पर्यटन विकास समिति र रोकारवालाको संयुक्त बैठकले विदेशीले प्रतिकूल असर नपर्ने दाबीसहित गाउँपालिकाले नै पत्र लेखेको छ । विदेशी नागरिकलाई रामारोशनमा आउन सहज बनाउनका लागि पनि अनुरोध गरिएको छ ।

पर्यटकीय क्षेत्र रामारोशनमा विदेशी नागरिक आउँदा यहाँको पर्यटन विकासमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष मानबहादुर साउदको भनाइ छ । गृह मन्त्रालयबाट विदेशी नागरिकलाई कार्यक्रम सञ्चालनको अनुमति आएमा रोकिएका विदेशी रामारोशन जान पाउने बताइएको छ ।

तर अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल अन्तर्राष्ट्रिय सम्मेलन भनिएको कार्यक्रम गर्ने दिने वा नदिने विषयमा आफूलाई निर्देशन भए अनुसार काम गर्ने बताए । रामारोशन आउँदै गरेका विदेशी नागरिकलाई अछामको चौखुट्टे, रामारोशन क्षेत्रमा सुरक्षा दिएर राखिएको उनले बताए ।

रामारोशनमा आयोजना हुने भनिएको उक्त कार्यक्रमको विस्तृत विवरण कहीँ कतैबाट पनि प्राप्त हुन नसक्दा चार दिनदेखि विदेशी नागरिक अछामका विभिन्न स्थानमा अन्योलमा परेका छन् । सरकारको अनुमतिबिना नै रामारोशनमा एक महिनासम्म विदेशीले कार्यक्रम गर्ने भनेपछि स्थानीय प्रशासनले आधिकारिकता खोजेको छ ।

आधिकारिकताको अभावमा अछाम प्रवेशको पश्चिमी नाका चौखुट्टेमा १२६ जना विदेशी रोकिएका छन् । रामारोशन क्षेत्रमा पुगेका ५४ जना र पूर्वी नाका बेलखेतमा आठ जना रोकिएको बताइएको छ । एक महिनासम्म सञ्चालन हुने कार्यक्रमका विषयमा स्थानीय तह, स्थानीय प्रशासन र प्रदेश सरकार अनविज्ञ रहेको बताइएको छ ।

  • पर्यटकलाई प्रवेश
मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो

समाचार

सबै

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २१ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.