• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : पर्यटकका लागि आकर्षक गन्तव्य

  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित

कञ्चनपुर- महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर तेस्रो मुलुकका पर्यटक नेपाल आउने गरे पनि यहाँको प्रचारप्रसार हुन नसक्दा यहाँबाट नेपाल भित्रिने पर्यटक अन्यत्र घुम्न जाने गरेका छन् । यो नाकाबाट आउने थोरै विदेशी पर्यटक मात्रै शुक्लाफाँटा घुम्न जाने गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा शुक्लाफाँटामा ठूलो घाँसे मैदान ९फाँट० छ । जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ ।

शुक्लाफाँटाको घाँसे मैदानमा मयूर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको छ । उक्त फाँटमा पाटेबाघको दृश्यसमेत देख्न सकिन्छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बकौला र फाँट पाटेबाघ देखिने ठाउँ हुन् । सोही फाँटमा राजा महेन्द्रले विसं २०२४ मा सिकार खेलेको थिए भने एक रात बाससमेत बसेका थिए । हाल दुधिया क्याप्प भन्ने ठाउँमा राजा महेन्द्र बास बसेको भनाइ छ ।

शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असारसम्म हो । वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीबिरङ्गी फूलले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ ।

निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँट छन् । जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी सेक्टरमा हीरापुर फाँट छ, त्यहाँ कृष्णसार संरक्षण गरिएको छ । निकुञ्ज प्रवेश गर्ने दुईवटा बाटो छन् । एउटा रानी ताल भएर फाँट पुगिन्छ भने अर्को बर्कोलाको बाटो । फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन् । उक्त मचानबाट पर्यटकले शुक्लाफाँटाको दृश्यावलोकन गर्न र तस्बिर लिने गर्छन् ।

शुक्लाफाँटाभित्रै रानी ताल छ । रानी ताल सँगसँगै अन्य स–साना ताल पनि छन् । त्यहाँ प्रशस्तरूपमा गोही र चराचुरुङ्गी देख्न पाइन्छ । करिब आठरदश वर्ष पहिला यहाँका सिंहपाल राजाका रानीले नुहाउने ताल भएकाले उक्त तालको नामकरण रानी ताल राखिएको इतिहास छ ।

वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०–९० वटा नीलगाई र चार सय ४९ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधनेश र लेसर भुँडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजाति रहेका छन् । पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाको लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार दुई सयभन्दा बढी बाह्रसिङ्गा छन् । यहाँ घुम्न आउने पर्यटकले ठूलो सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न पाउँछन् ।

त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ३६ वटा पाठेबाघ रहेका छन् । निकुञ्जको विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानमा पनि यसको विशेषता हो । जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तलजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् ।

रानी ताल तथा अन्य स–साना तालमा मगर गोही प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी चार सय ४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । शुक्लाफाँटाको क्षेउ पिपरियामा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ । आगन्तुकको समयअनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले निकुञ्ज कार्यालयले पर्यटक भित्र्याउनका लागि पाँच वर्षको कार्ययोजना बनाएर काम गरिरहेको बताए ।

“निकुञ्जको व्यवस्थापन, वन्यजन्तु संरक्षण र पर्यटकको सहजताका लागि निकुञ्जभित्र बाटो मर्मतदेखि विभिन्न काम गरिरहेका छौँ ”, सहायक संरक्षण अधिकृत ऐरले भने, “यहाँको प्रचारप्रसारमा कमी भएका कारण पर्यटकको सङ्ख्या न्यून छ ।” उनले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भए पनि प्रचारप्रसारमा कमी रहेको बताए ।

यहाँका पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटा पर्यटकका लागि आकर्षित गन्तव्य भए पनि यसको प्रचारप्रसार हुन नसकेको बताए । “शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु सहजै देख्न सकिन्छ तर प्रचारप्रसार भएन”, उनले भने, “सीमित समयका लागि जङ्गल सफारी खुल्ने कारणले पनि पर्यटकको कमी भएको हो ।” उनले यहाँको प्रचारप्रसार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताए ।

अध्यागमन कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार यो वर्ष छ सय ८५ पर्यटक भित्रिएका छन् । तर यो नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थल छोडेर काठमाडौँ पोखरा जाने गरेको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ ।

अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधै काठमाडौँ पोखरालगायतका सहर घुम्न जाने गरेको बताए । “अहिले विदेशी पर्यटक आउने सङ्ख्या बढेको छ”, उनले भने, “गत वर्षको भन्दा अहिले विदेशी पर्यटक आउने क्रम बढेको छ ।”

अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार सन् २०२२ मा पाँच सय ४२ जना विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ जना विदेशी पर्यटक भित्रिएका छन् । सेप्टेम्बरमा मात्रै एक सय ५४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क हेर्दा तेस्रो मुलुकका पर्यटक न्यून छन् । चालु आवको हालसम्म सार्क मुलुकका एक सय ५८ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन् । गत वर्ष एक सय पाँच विदेशी पर्यटकले मात्रै यहाँ भ्रमण गरेका छन् । रासस

 

  • पर्यटकका लागि आकर्षक
बिहिबार, असोज ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.