• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

टीकापुरमा सर्जरी शिविरमा नौ सय ९६ को उपचार, दुई सय ४० को शल्यक्रिया

  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित

टीकापुर- कैलालीको टीकापुरमा आयोजना गरिएको प्लास्टिक सर्जरी शिविरमा नौ सय ९६ जनाले उपचार सेवा लिएका छन् । शिविरमा चार सय ४७ पुरुष र पाँच सय ४९ महिलाले उपचार सेवा लिएका हुन् । शिविरमा उपचार सेवा लिनेमध्ये दुई सय ४० जनाको शल्यक्रिया गरिएको छ । शल्यक्रिया सेवा लिनेमा ९१ पुरुष र एक सय ४९ महिला छन् । उपचार सेवा लिन आएकामध्ये एक सय ७६ जनालाई थप उपचारका लागि सुष्मा कोइराला अस्पताल काठमाडौँ पठाइएको छ ।

कतिपय काठमाडौँमै गएर उपचार गर्नुपर्ने भएकाले त्यहाँ पठाइएको अस्पतालका प्रमुख प्रशासक प्रफुल्ल शर्माले बताए । “यहाँ उपचार सम्भव नभएकाहरुलाई काठमाडौँ पठाएका छौँ, त्यहाँ पनि निःशुल्क उपचार सेवा पाउनेछन्”, उनले भने, “यहाँबाट काठमाडौँसम्म पुर्‍याउने व्यवस्था बिरामीका आफन्तले गर्नुहुन्छ, उपचार सेवा सबै निःशुल्क हुनेछ ।”

शर्माका अनुसार उपचार सेवा लिनेमा बच्चादेखि वृद्धसम्म रहेका छन् । शिविरमा पाँच वर्ष मुनिका ६७ जनाले उपचार सेवा लिएकामा पाँच जनाको शल्यक्रिया गरिएको छ । पाँचदेखि १५ वर्ष उमेरभित्रका एक सय २९ जना परीक्षणमा आएकामा ४३ को उपचार गरिएको जनाइएको छ । करिब १५ देखि ४० वर्ष उमेरका दुई सय ८९ बिरामी उपचारमा आउँदा एक सय छको शल्यक्रिया गरिएको, ४० देखि ६० वर्ष माथिका दुई सय ८४ को स्वास्थ्य परीक्षण गर्दा ७७ जनाको शल्यक्रिया र ६० वर्ष माथिका २१ जनाको शल्यक्रिया गरिएको शर्माले जानकारी दिए ।

चार दिनसम्म टीकापुर अस्पतालमा सञ्चालित शिविर समापन कार्यक्रममा नगर प्रमुख रामलाल डगौरा थारुले विपन्न समुदाय यो शिविरबाट लाभान्वित भएको र यस्ता शिविर थप गर्न माग आइरहेको बताए । नगर प्रमुख थारुले निःशुल्क सेवा दिन टीकापुर पुगेको अस्पतालको टोलीलाई धन्यवाद दिँदै मानवीय भावना र दायित्व पूरा गर्न सहयोग मिलेको बताए ।

“विपन्न सयौँ नागरिकले सेवा पाए”, उनले भने, “अझैँ सेवा लिनुपर्ने धेरै रहेछन्, हाम्रो सहकार्य आउँदा दिनमा पनि हुनेछ ।” नगरपालिकाका जनस्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले सामाजिक भावनाका साथ सञ्चालन भएको शिविरमा थप उपचारका लागि काठमाडौँ पठाइएको र भएका विपन्न नागरिकलाई यातायात खर्च नगरपालिकाले सहयोग गर्ने बताए ।

“काठमाडौँमा उपचारमा जाने विपन्न बिरामीलाई यातायात खर्च पालिकाले बेहोर्नेछ”, उनले भने, “जलन तथा आगोले पोलेका नागरिकले सेवा पाउन भन्ने उद्देश्यले शिविर सञ्चालन भएको हो ।” टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले जलनको सेवा नेपालका दुई ठाउँमा मात्रै हुँदा नागरिकलाई समस्या भइरहेको अवस्थामा टीकापुरमै आएर सेवा दिएकामा धन्यवाद दिए ।

“हरेक अस्पतालमा जलनको उपचारका लागि छुट्टै कक्ष र चिकित्सकको टोली हुनुपर्ने हो तर छैन”, उनले भने, “यस्ता गम्भीर समस्यामा सरकारको ध्यान जानुपर्छ ।” यही असोज ७ बाट १० गतेसम्म सञ्चालन भएको शिविर सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँको प्राविधिक सहयोग तथा नगरपालिका र टीकापुर अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।

शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका जनरल सर्जन डाक्टर रोजिना शिल्पकार स्वाँरको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट डाक्टर श्यामेन्द्रबहादुर सिंह, कन्सल्ट्यान्ट सर्जन डाक्टर मनोहर यादव, मेडिकल अधिकृत डाक्टर सुमित्रा तामाङसहित १४ जनाको टोलीले सेवा दिएको हो ।

 

  • सर्जरी शिविर
बिहिबार, असोज ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.