• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

‘रामारोशन त साँच्चिकै सुन्दर रहेछ’

  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित

कमलबजार- विश्वका विभिन्न देशका करिब छ सय नागरिक यति बेला अछाम जिल्लाको पर्यटकीय क्षेत्र रामारोशनमा भेला भएका छन् । ‘रेन्बो ग्यादरिङ’ का लागि जम्मा भएकाहरू रामारोशन घुम्न पाएकामा मक्ख देखिन्छन् ।

प्रकृतिसँग रमाउन रामारोशन आइपुगेका विदेशी नागरिकले रामारोशन विश्वकै सुन्दर ठाउँ भएको दाबी गरेका छन् । खुला पाटनमा टेन्ट राखेर रमाइरहेका रेन्बो परिवारका सदस्यहरूले स्वच्छ, सफा हावापानी, शान्त स्थान र प्रकृति सुन्दरताका लागि आफूहरू रामारोशन आएको बताएका छन् ।

इरानबाट आएकी २२ वर्षीय करिन सर्खालीले आफूलाई रामारोशनको सुन्दरता र हावापानीले लोभ्याएको बताए । आफ्नै देशमा शिक्षण पेसा गरिरहेकी करिनले रामारोशन ओझेलमा परेकोप्रति चित्त दुखाइन् ।

सहर बजारको भिडभाड, कोलाहल, हत्या, हिंसा, द्वन्द्व जस्ता घटनाबाट आजित भएर आफूहरू प्रकृतिसँग रमाउन रामारोशन आइपुगेको इजरायली नागरिक नाओमल इलाले बताउनुभयो । यहाँ पुगेका अधिकांशले आफूलाई शिव भगवान्को भक्तका रूपमा प्रस्तुत गर्ने गरेका छन् । रामारोशनका हरियाली फाँट तथा मैदानमा समूह बनाएर विभिन्न योगा तथा साङ्गीतिक कार्यक्रम गरी रमाइरहेका देखिन्छन् । यहाँको रोशन मैदानको बिचमा भगवान् शिवको कलात्मक मन्दिर बनाइएको छ ।

त्यो खाना पकाउन बनाइएको त्रिपालभित्र शिवमन्दिर भएको विश्वास उनीहरूमा छ । प्रत्येक व्यक्तिको आआफ्नै पेसा रहेको बुझिएको छ । शिक्षक, विद्यार्थी, सरकारी कर्मचारी, कलाकार, कृषिविज्ञदेखि डाक्टरसमेत यहाँ आइपुगेका छन् ।

आफ्नो परिवारको कोही सदस्य बिरामी परेमा उपचारका लागि प्राथमिक स्वास्थ्य उपचार केन्द्रसमेत स्थापना गरिएको छ । उक्त उपचार केन्द्रमा युएईका ३४ वर्षीय हम्मा महमद जायदलगायत छ जनाको उपचार गरिएको भारतीय नागरिक अरविन्द नेगीले बताए ।

अरविन्दले भने, “हामी कुनै नराम्रोका कामका लागि होइन, आफूखुसी प्रकृतिको काखमा योगा गर्न र रमाइलो गर्न आइपुगेका हौँ । उत्तराखण्डस्थित ऋषिकेशमा योगा गुरुका रूपमा काम गरिरहनु भएका अरविन्दले रेन्बो फेमिली प्रकृति मन पराउने विश्वभरका मानिसको समूह भएको स्पष्ट पारे ।

जिल्ला प्रहरी कार्यालय आछमका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० सन्तोष पाठकले रामारोशनमा ६४१ विदेशी नागरिक पुगेको जानकारी दिए । उनीहरू योगा, ध्यान र गीत सङ्गीतमा रमाउने गरेको थप जानकारी पनि उनले दिए ।

रामारोशनको सुन्दरता जोगाउन प्लास्टिकजन्य सामानमा प्रतिबन्ध लगाउन स्थानीय सरकार तथा सर्वसाधारणलाई सुझाउने गरेका छन् । आफूले गरेको फोहोर खाल्डो खनेर डिस्पोज गर्ने गरेका छन् । सबैका लागि एउटै चुलो बनाइएको छ भने आवश्यक खाद्यान्नलगायत तरकारी, दुध, दहीलगायतका वस्तु नजिकको गाउँबस्तीबाट खरिद गर्ने गरेका छन् ।

स्थानीय धर्म रोकायाले रामारोशन पुगेका विदेशीका क्रियाकलापमाथि शङ्का गर्ने कुनै अवस्था नरहेको बताए । प्रकृतिसँग रमाउने, पाटन डुलेर बिताउने र समूह बनाएर रमाइलो गर्ने भएकाले स्थानीय युवकयुवतीसमेत रेन्बो परिवारका सदस्यसँग घुलमिल हुने गरेको उनले बताए ।

करिब दुई हजार विदेशी आउने अनुमान गरिएको रामारोशन ग्यादरिङका सम्बन्धमा आयोजक संस्था तथा व्यक्ति कोही कसैले जिम्मेवारी नलिँदा केही दिन समस्या भएको थियो तर पनि विभिन्न स्थानका र हवाई मार्गबाट पर्यटक अछाम आउनेक्रम जारी रहेको छ । रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद अछाममा पर्यटक भित्र्याउन र यहाँको प्राकृतिक सुन्दरताका बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न यस किसिमको ग्यादरिङले सहयोग पुग्ने बताए ।

“यो कार्यक्रमलाई पालिकाले विभिन्न सहयोग गर्दै आएको छ,” उनले भने, “पर्यटकको शान्ति सुरक्षाका लागि प्रहरी नायब निरीक्षक अशोक खड्काको नेतृत्वमा १० जनाको टोली रामारोशनमा नै खटिएको छ ।”

१२ बन्ड १८ खण्डले परिचित रामारोशनलाई हरेक विदेशीले सुन्दर स्थानका रूपमा चर्चा गर्ने गरेका छन् । समुद्री सतहबाट दुई हजारदेखि चार हजार मिटरसम्मको उचाइमा छ । घनघोर हरियाली जङ्गल, सम्म परेका हरिया पाटन र गुफा साँच्चिकै रोचक र हेर्न लायक छन् ।

त्यस्तै एक घण्टा पहाड चढ्नेबित्तिकै देखिने डाँफे चरीको ताँती, घोरल, झारल, थार, बाघ, भालु, बँदेल, रतुवा, कालिज जस्ता जनावर र चराचुरुङ्गीको आकर्षणको केन्द्र रामारोशनको अर्को विशेषता हो । जति हेरे पनि हेरौँ जस्तै लाग्ने मनोरम रोशन मैदान र किनिमिन्नीको विशाल मैदान, फलफूलहरू दाख तथा ताराचुक मुख्य आकर्षण हुन् ।

देउला, धुपी, लौठदेखि हरियो वनजङ्गल पनि उत्तिकै आकर्षक छन् । कैलाश खोलाको उद्गमस्थान रामारोशनमा बागफाल, चिन्डेनी र गोरेकोटको डाँडाबाट उम्रिएको कैलाश खोला रामारोशनका खोला खोल्सा हुँदै दुई भागमा विभाजन भएर बग्ने गरेको पाइन्छ । मैदानको ४० प्रतिशत भूगोल दलदलले भरिएको छ ।

मानव जातिलाई हिँडडुल गर्न समस्या हुन्छ । २० प्रतिशत भूगोल जङ्गलले भरिएको छ । चाखाडाँडा सबैभन्दा उच्च ठाउँमा अवस्थित छ । रामारोशनको चुचुरोबाट तराईका चिसापानी, नेपालगन्ज, महेन्द्रनगरमा बलेको बत्ती देखिने गरेको स्थानीयवासी बताउँछन् । गोरखापत्रबाट

  • रामारोशन त
शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

समाचार

सबै

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.