कञ्चनपुर- कञ्चनपुरकी कलावती विष्ट (साउद) को मृत्यु घटनाको सत्य तथ्य छानबिन गरेर दोषी माथि कारबाही गर्न माग गरिएको छ।जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरकी कलावतीको मृत्यु घटनाको सत्य तथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न माइती पक्षले माग राखेका छन्। बुधवार कलावती घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन।
कलावतीका श्रीमान् अर्जुन साउद भारतमा रोजगारीमा कार्यरत छन्। विवाह भएको दोसो वर्ष र २२ दिने दुधे बालक छाडेर कसरी उनले आत्महत्या गरेको मृतक कलावतीका भाइ सुरेन्द्र विष्टले बताए ।
उनले दिदीको सामान्य अवस्थामा मृत्यु नभएको भन्दै घटनाको सत्य तथ्य छानबिन गर्दै दोषी उपर कारबाहीको माग अघि सारेका छन् । प्रहरीले उक्त घटनाको छानबिन भइरहेको जनाएको छ । मृतक कलावती घर नजिकै झुण्डिएर मृत फेला परेकी थिइन ।













