• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

कञ्चनपुरमा ‘केमिकल’ ले सुक्यो धान, कारवाही प्रक्रिया अघि बढाइने

  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा झण्डै ४ सय विघामा लगाइएको धानबाली केमिकल मिसिएको पानीका कारण नष्ट भएको प्रमाणित भएको छ । धानबाली नष्ट भएको क्षेत्रको पानीको नमुना परीक्षण गर्दा पानीमा केमिकल भेटिएको हो ।साउन अन्तिम साताको बाढीले डुबान भएको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा एकाएक धानबाली सुकेर नष्ट भएको थियो ।

‘धानबाली नष्ट हुनुमो कारण केमिकल नै भएको पुष्टि भएको छ,’ परीक्षण रिपोर्टबारे जानकारी गराउँदै नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले भने, ‘तर त्यो केमिकल कहाँबाट आएको भन्नेबारे अब छानविन गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार परीक्षण गरिएको पानीमा केमिकल अक्सिजन डिमाण्ड (सिओडी) र बायोकेमिकल अक्सिजन डिमाण्ड (बिओडी) को मात्रा भेटिएको हो ।

बाढीपछि धानबाली सुक्न थालेपछि नगरपालिकाले साउन ३० गते र भदौ १ गते दुईपटक पानीको नमुना संकलन गरेको थियो । पहिलोपटक भीड धेरै भएकाले मुचुल्का बनाइएको थिएन । दोस्रोपटक नमुना संकलन गर्दा मुचुल्का समेत बनाइएको थियो ।

साउन ३० मा संकलन गरिएको नमुनामा सिओडीको मात्रा १४४ मिलिग्राम प्रतिलिटर र बिओडीको मात्रा ५७ मिलिग्राम प्रतिलिटर भेटिएको शाहीले बताए । उनका अनुसार दोस्रो पटक ४ दिनपछि भदौ १ मा संकलन गरिएको नमुनामा सिओडीको मात्रा ११ र बिओडीको मात्रा ४ भेटिएको छ ।

संकलन गरिएको दुवै नमुना सुदूरपश्चिम प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत भदौ ३ मा परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क) मा पठाइएको थियो । नार्कमा पानी परीक्षण हुन नसक्ने भएपछि काठमाण्डौंमै निजी प्रयोगशाला वाटर इन्जिनियरिङमा परीक्षण गरिएको हो ।

‘केमिकलकै कारण धान तथा अन्य घाँसपात सुकेको र माछा मरेको रिपोर्टमै उल्लेख गरिएको छ,’ शाहीले भने, ‘वनस्पती र जीवहरु बाँच्नलाई चाहिने भन्दा बढी मात्रामा सिओडी र बिओडी भेटिएको छ ।’ धान सुक्न थालेपछि कृषकहरुले नजिकै रहेको भागेश्वर सुगर मिलबाट बगेर आएको केमिकलकै कारण क्षति भएको आरोप लगाउँदै आएका छन् । सुगर मिल भएको क्षेत्र भन्दा माथि धानमा कुनै क्षति नपुगेकाले पनि कृषकदेखि प्राविधिकहरु मिलबाटै केमिकल बगेको हुन सक्ने अनुमान गरिरहेका छन् ।

शाहीले आइतबार नगरपालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठक बसेर केमिकलका बारेमा थप छानविन गरिने बताए । उनले यस विषयमा विज्ञहरुसँग पनि आवश्यक सल्लाह गरिने बताए । सुगर मिलले पानीमा भेटिएको केमिकल प्रयोग गर्छ वा गर्दैन पत्ता लगाएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइने बताए । सुगर मिलभन्दा तल्लो क्षेत्रमा मात्रै धानमा क्षति पुगेका कारण सुगर मिलबाटै केमिकल बगेर आएको कृषकहरुको दाबी छ ।

‘सुगर मिलले कस्तो खालको केमिकल प्रयोग गर्छ, पानीमा भेटिएको केमिकल कहाँबाट आएको हो, यो सबै छानविन गर्नुपर्ने हुन्छ,’ कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख टीकाराम थापाले भने, ‘केमिकलबाटै धानमा क्षति पुगेको प्रमाणित भएको छ ।’

दोदा नदीमा आएको बाढीपछि डुबान परेको क्षेत्र वडा ५ को सिमरी र उद्री तथा वडा १० परासनमा ३८५ विघा धान र २ सय १८ विघा उखुमा क्षति भएको कृषि शाखाले जनाएको छ । कृषकहरुले वडा कार्यालयमा दिएको निवेदनका आधारमा उक्त विवरण संकलन गरिएको हो । नदी किनारको उक्त क्षेत्रमा हरेक वर्ष डुबान हुने गरेको छ । दोदा नदीमा बाढी आउने बित्तिकै बस्तीमा पसेर डुबान हुने गरेको हो । कान्तिपुरबाट

  • सुक्यो धान
शनिबार, असोज १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

समाचार

सबै

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.