बझाङ- बझाङमा जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन्। जिल्लाको मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पक्राउ परेका प्रहरीले बताएको छ । जिल्ला अदालतले २०७५ चैत ४ गते बोहरालाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेर तिन वर्ष कैद सजाय तोकेको थियो ।
बोहरा अदालतको फैसलापछि २०७५ चैत १२ गते देखि फरार रहेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा गत शुक्रवार अर्थात् असोज १२ गते पक्राउ गरेर हिजो आइतबार जिल्ला अदालत बझाङमा पेस गरेको छ । अदालतले तोकेको कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।













