धनगढी- कैलालीको अत्तरियामा रहेका गोदावरी होटेल व्यवसायी संघको अध्यक्षमा लक्ष्मण धामी चयन भएका छन् । अत्तरियामा शनिवार संघको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट धामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
संघको उपाध्यक्षमा बिस्ना देवी बोहरा, महासचिवमा रवीन्द्र खड्का, सचिवमा दिलबहादुर खत्री र कोषाध्यक्षमा लालबहादुर धामी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा निर्मला पन्थी,सितादेवी चुनारा,तिलक ओली,अमिन सिंह धामी,रुपादेवी गौतम,कलक सिंह धामी,नारायण बोहरा,पवित्रा भण्डारी र डल्लु राना मगर चयन भएका छन्













