धनगढी- कैलाली उद्योग वाणिज्य संघले धनगढीमा रहेको प्लान्ट क्वारेन्टाइनलाई स्थायी रुपमा सञ्चालनको माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानकार्षण पत्र बुझाएको छ ।
उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवर नेतृत्वको टोलीले धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
पत्र वुझदै प्रधानमन्त्री प्रचण्डले छिटै माग सम्बोध गर्ने आश्वासन दिए । प्रधानमन्त्री प्रचण्ड समाजवादी मोर्चाको सुदूरपश्चिम सम्मेलनलाई सम्बोधन गर्न सोमबार धनगढी आइपुगेका थिए ।















