धनगढी- धनगढी उपमहानगरपालिका–५ शिवनरगरमा रहेको चैतन्य पाठशालाले योग अभ्यास सामग्री हस्तान्तरण गरेको छ। विद्यालय प्रङगणमा बिहिवार एक कार्यक्रम बिच पाठशालाले चैतन्य पाठशाला पतञ्जलि योग केन्द्र शिव नगरलाई योग अभ्यास सामग्री हस्तान्तरण गरेको हो ।
चैतन्य पाठशालाका सञ्चालक सदस्य पदमबहादुर धानुकले चैतन्य पाठशाला पतञ्जलि योग केन्द्रका संयोजक गोरख खातीलाई स्वागत गर्दै पाठशालाका प्रिन्सिपल अशोकराज खातीले योग अभ्यास सामग्री हस्तान्तरण गरेका हुन् ।
चैतन्य पाठशाला पतञ्जलि योग केन्द्र शिव नगरमा हरेक दिन बिहान ४:४५ देखी ६:३० बजे सम्म नियमित रूपमा योग अभ्यास भइरहेको केन्द्रका संयोजक गोरख खातीले जानकारी गराए ।
त्यसै गरी भवाइस प्रिन्सिपल कटक बहादुर सिंहले धनगढी उपमहानगरपालिकामा योग केन्द्र सञ्चालन गर्ने एक मात्र विद्यालय चैतन्य पाठशालाले शिक्षा सँगै आरोग्य जीवनको लागि योग साधना मार्फत स्थानीय समुदायमा विगत वर्ष देखिनै सकारात्मक योगदान गरिरहेको बताए ।
उक्त कार्यक्रममा चैतन्य पाठशालाका सञ्चालक तथा सञ्चालक निर्देशक उदय प्रताप सिंह, भवाइस प्रिन्सिपल कटकबहादुर सिंह, विद्यालय संयोजक रबी साउद तथा समाजसेवी बाल कृष्ण चौधरीको उपस्थिति रहेको थियो।













