बझाङ- बझाङस्थित सेती नदीमा बगिरहेकी एक बालिकाको उद्धार गरिएको छ। जय पृथ्वी नगरपालिका–३ पडेशकी ११ वर्षीया अमिसा ओखेडालाई आइतबार बिहान वडा प्रहरी र स्थानीयले उद्धार गरेको हो ।
पडेशबाट पुजाको लागि जल लिन आएकी अमिसा पानी भर्ने क्रममा ढुङ्गाबाट चिप्लिएर बगेकी थिइन । उनी बगेको केही तल नदीको बिचमा अड्किएको अवस्थामा स्थानीयले देखेका थिए।
उनलाई वडा प्रहरी कार्यालय चैनपुरबाट प्रहरी सहायक निरीक्षक हरिशराज पन्तको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोली र स्थानीय मानिसहरूले नदीबाट सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएका पठाएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।













