• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

चैनपुर–ताक्लाकोट सडक निर्माण ठप्प

  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित

बझाङ- सुदूरपश्चिम प्रदेशकै समृद्धिको ढोका मानिएको चीनको तिब्बत जोड्ने चैनपुर–ताक्लाकोट सडकको काम आठ महिनादेखि ठप्प छ । यस सडकको तल्कोट–रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ४० किमि सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीले सडक निर्माणको काम रोकेसँगै स्थानीय मजदुरले काम गरेको ज्यालासमेत पाउन सकेका छैनन् ।

सडक निर्माणको काम रोकिएपछि निर्माणमा प्रयोग भएका डोजर र अन्य निर्माण सामग्री रूपातोला र दुनिवन क्षेत्रमा अलपत्र छाडिएका छन् । सडकमा ग्याबिन जाली निर्माण, मेसिनरी पर्खाल निर्माणलगायत काम गरेका १ सय ५० भन्दा बढी कामदारले पनि लामो समयदेखि ज्याला पाउन सकेका छैनन् । ‘यो सडकका लागि आएको पैसा लगेर ठेकेदारले अन्तै खर्च गरेको भन्ने सुनेका छौं ।

हाम्रो ज्याला अहिलेसम्म पनि दिएको छैन,’ तल्कोट गाउँपालिका–३ रूपातोलाका चट्टे बोहराले भने, ‘यहाँका मजदुरले पाउने रकम सबै गरेर २५ लाखभन्दा बढी छ । कसैकसैले पाँच वर्षदेखि काम गरेको रकम पाएका छैनन् ।’ सडक निर्माणको काम बन्द भएपछि मजदुरी गरेको ज्याला गुम्ने हो कि भन्ने चिन्तामा कामदार रहेको उनको भनाइ छ ।

बझाङको चैनपुरदेखि चीनको ताक्लाकोटसम्म ११७ किमिमध्ये अहिलेसम्म ४० किमि सडक मात्रै निर्माण भएको छ । कुल ८५ करोड लागतमा ठेक्का सम्झौता गरेको स्वच्छन्द नागार्जुन जेभी कम्पनीले नेपाल सरकारबाट ६२ करोड भुक्तानीसमेत लिइसकेको छ । त्रिदेशीय व्यापारिक र पर्यटकीय प्रयोजनका लागि निर्माण भइरहेको यो सडक छिटो सम्पन्न गर्न सेती लोकमार्गअन्तर्गत उत्तरखण्ड ९चैनपुर ताक्लाकोट० मार्गको छुट्टै कार्यालयसमेत स्थापना भएको छ ।

चैनपुर–ताक्लाकोट सडक आयोजना कार्यालय नाम दिइएको आयोजना कार्यलयमा आयोजना प्रमुख, दुई जना इन्जिनियर, दुई जना सबइन्जिनियर, लेखापाल तथा अन्य सहयोगी कर्मचारीको छुट्टै दरबन्दीसमेत छ । आठ महिनासम्म सडक निर्माण रोकिँदा पनि कार्यालयले ताकेता गर्न नसकेको स्थानीयको भनाइ छ ।

प्रत्येक निर्वाचनमा बझाङका नेताले यही सडकलाई प्रमुख एजेन्डा बनाउने गरेको तर आठ महिनादेखि निर्माणको काम ठप्प हुँदा उनीहरू बेखबर रहेकोप्रति स्थानीयले रोष प्रकट गर्न थालेका छन् । ‘चुनावका बेला ताक्लाकोट भनेर नथाक्ने नेताहरू यत्रो समय सडकको काम बन्द हुँदा कानमा तेल हालेर बसेका छन्,’ जयपृथ्वी क्याम्पसका सहप्राध्यापक लालबहादुर बोहरा भन्छन्, ‘सडक निर्माणको काम छिटो होस् भनेर छुट्टै कार्यालय राखिएको छ । त्यहाँका कर्मचारी के हेरेर बसेका छन् रु’ चुनावका बेला मात्रै ठूला कुरा गर्ने र अरू बेला नेता, कर्मचारी र ठेकेदार मिलेमतो गरेर विकास निर्माणका काममा ढिलाइ गर्ने प्रवृत्तिका कारण सुदूरपश्चिमको विकासको सपना वर्षौंदेखि अधुरै रहेको उनको भनाए छ ।

चैनपुर ताक्लाकोट सडक कार्यालयले भने ठेकेदार कम्पनीको आलटाले प्रवृत्तिका कारण निर्माणको काम रोकिएको बताएको छ । ‘कोरोनाका कारण जेभी कम्पनीका एक जना ठेकेदार ईश्वरी भट्टको निधन भएकाले पनि काम ढिला भयो,’ कार्यालय प्रमुख तुलाराम शर्माले भने, ‘त्यसपछि पनि काम छिटो सुरु गर्नुपर्‍यो भनेर ठेकेदारलाई भनेको भन्यै छौं । आज गर्छौं, भोलि सुरु गर्छौं भनेर टारेको टार्‍यै गर्छ ।’

कोरानाका कारण यो सडक निर्माणको काम हेर्ने मुख्य ठेकेदारको मृत्यु भएको, वर्षात्मा काम गर्न समस्या भएको तथा म्याद थपसम्बन्धी प्रक्रिया पनि अगाडि बढाउनुपर्ने भएकाले काम रोकिएको ठेकेदार कम्पनीका प्रतिनिधि दिवाकर भट्टले जनाए । ‘अहिले सबै अप्ठ्यारा फुकाइसकेका छौं,’ उनले भने । कान्तिपुरबाट

 

 

  • सडक निर्माण
आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग
संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

समाचार

सबै

जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.