काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ ।
यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय राखेपले जनाएको छ ।













