काठमाडौँ- टेलिभिजन तथा इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम फाइबरनेट) को चाडपर्वलक्षित ुहरेक हप्ता सुपरस्टार– सिजनकै मेगास्टारु योजनाअन्तर्गत धनगढीका आनसिंह बोहराले नगद १ लाख जितेका छन् ।
यही कात्तिक २० गते सोमबार भएको लक्की ड्रमार्फत उनलाई विजेता घोषणा गरिएको हो । डिस मिडिया नेटवर्कका रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपानेले १ लाख रुपैयाँबराबरको चेक विजेता बोहरालाई हस्तान्तरण गरेका छन् । डिसहोमले दसैँ–तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ुहरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टारु सार्वजनिक गरेको थियो ।
कम्पनीले हरेक हप्ता नगद १ लाख जित्न सफल हुने सम्पूर्ण विजेतालाई बधाई ज्ञापन पनि गरेको छ । कम्पनीले निकट भविष्यमा पनि यस्तै खालका विभिन्न योजनाहरू ल्याउने जनाएको छ ।













