धनगढी- श्रम तथा रोजगार कार्यालय धनगढीले शुक्रबार सामूहिक सौदाबाजी सम्बन्धी त्रिपक्षीय जनचेतना कार्यक्रम आयोजना गरेको छ ।
धनगढी र अत्तरिया क्षेत्रमा सञ्चालित नीजि अस्पताल सञ्चालक, कर्मचारी तथा विभिन्न सरोकारवालाको सहभागितामा भएको सो कार्यक्रममा श्रम ऐन कानुनी कार्यत्रपत्र र सामूहिक सौदाबाजी सम्बन्धी सम्बन्धी दुई वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।
श्रम ऐन कानुनी कार्यत्रपत्र प्रस्तुत गर्दै सहभागिहरुलाई सुदूरपश्चिम प्रदेशका निबर्तमान मुख्य न्याधिबक्त कुलानन्द उपाध्यायले मानवअधिकार सम्बन्धी सामान्य जानकारी, श्रम ऐन नीति, नेपालको संबैधानिक कानुन, अन्तरराष्ट्रिय सन्धी सम्झौता सम्बन्धी जानकारी गराएका थिए ।
सामूहिक सौदाबाजी सम्बन्धी त्रिपक्षीय जनचेतना कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुख जनकसिं उखेडाले सरकारले रोजगारदाता र श्रमिकबीच सामूहिक सौदाबाजी सम्बन्धी बनाइएका कानुनको पूर्णपालना गर्नुपर्ने बताए ।

सरकारले श्रमिकका सम्पूर्ण कार्यलाई छिटोछरितो र प्रभावकारी बनाउन अनलाइन प्रविधिमार्फत सबै सूचना प्रणालीलाई व्यवस्थित गर्दै लैजाने नीति लिएको बताए । सामूहिक सौदाबाजी सम्बन्धी सो नीति अनुसार सबैले प्रविधिसँग जोडिन जरुरी रहेको उनले बताए ।
उनले श्रम ऐन तथा कानुनको कार्यान्वनमा प्रभावकारिता ल्याउन एकीकृत श्रम सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहेको बताए । सामूहिक सौदाबाजी सम्बन्धी राज्यको नीतिलाई अंगिकार गर्दै जाने हो भने सबै खाले समस्याहरु हल हुँदै जाने विश्वास सहभागीले व्यक्त गरेका थिए ।













