धनगढी- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनगढीस्थित फाप्ला क्रिकेट मैदानलाई आगामी वर्ष राष्ट्रिय गौरवको आयोजनामा समेटिने बताएका छन् ।
सुदूरपश्चिम महोत्सवको आज (शुक्रवार) धनगढीमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले फाप्लालाई खेल ग्राम बनाउने निर्णय भएपनि अर्को वर्ष राष्ट्रिय गौरवको आयोजनामा समेटेरै कामलाई अगाडि बढाउने बताएका हुन्।













