धनगढी- धनगढीमा अटो रिक्सा र स्कुटी एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरस्थीत शुक्रवार दिउँसो आस्था होटल नजिक ०३५३ नम्बर अटो रिक्सा र से ५ प ९३८७ नम्बरको स्कुटी एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार पश्चिमबाट पूर्व तर्फ गइरहेको अटोले पूर्वबाट पश्चिम तर्फ गइरहेको स्कुटीलाई ठक्कर दिँदा २३ वर्षीय स्कुटी चालक निर्मला जोशी घाइते भएकी छिन्।
उनको धनगढीस्थित निर्सग हस्पिटलमा उपचार भइरहेको छ। अटो रिक्साले ठक्कर दिँदा स्कुटी सडक नालीमा खसेको थियो। अटो रिक्सासहित चालक शारदा महतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
















