धनगढी- नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले सरकार प्रभावकारी ढगंले चल्न नसकेको बताएका छन् । सरकार प्रभावकारी ढगंले अगाडि वढन नसकेको प्रति पार्टीले ३ पटक प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएको भन्दै पार्टीले सरकार छोडन मात्रै वाकि रहेको वताए ।
अर्को सरकार वनाउने तथा नयाँ गठवन्धन गरेर अगाडि वढने पनि कुनै विकल्प तयार नभएकोले सरकार ठिक ढगंले अगाडि वढोस भन्ने चाहाना भएको खतिवडाले वताए । समाजवादी पार्टीका उपमहासचि तथा पार्टी प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले केपी वलीका कारण नेकपा एमाले निकै कमजोर भएको वताए ।
काम केही नगर्ने गफ मात्रै गर्दै केपी वलीको सर्वसत्तावादी सोचले नजिकै आएको राष्ट्रिय सभा निर्वाचनमा एमालेले एक सिट पनि जोगाउन नसक्ने वताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा भएको समेत आरोप लगाएका छन् । उनले केपी वलीले धुजाधुजा भएको कम्युनिस्ट आन्दोलनलाई जोगाउदै समाजवाद ल्याउन माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीले नेतृत्व गरेको दावी गरे ।
हामी विभिन्न पार्टीहरुलाई समेटेर समाजवादी मोर्चा समेत निर्माण गरेर अगाडिको वढेको वताए । एकीकृत समाजवादी पार्टीले चलाएको मेचीमहाकाली समाजवादी जागरण अभियानवाट अत्तालिएर केपी वलीले पनि अभियानका नाममा हाम्रो पार्टीका कार्यकर्ता भेला गरि हाम्रो पार्टीलाई गाली गलौज गर्दै हिडेको दावी गरे ।
आफ्ना गल्ती ढाकछोप गर्न एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई जति धेरै गाली र श्राप दिए पनि त्यो गालिले एकीकृत समाजवादी नसकिने वरु थप बलियो भएर जाने उनको भनाई छ । माघको १४ देखि १८ गते पार्टी गठनपछि पहिलो महाधिवेशन हुन लागेको भए पनि एकीकृत समाजवादीले एमालेबाट विद्रोह गरेर पार्टी पुनर्गठन गरेको भन्दै दशौँ महाधिवेशन भएको वताए ।
केपीले कम्युनिस्ट आन्दोलन धुजाधुजा गरेकाले पार्टी पुनर्गठनपछि त्यो पार्टीको स्वामित्व हामीले ग्रहण गरेका छौँ र हामी दशौँ महाधिवेशन गर्न जाँदै छौँ,’ उपमहासचिव जगन्नाथ खतिवडाले भने ।
समाजवादी प्रस सगंठनका ईन्चार्ज समेत रहेका जगन्नाथले समाजवादी प्रेस सगंठन नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार, मिडियाको उन्नति र प्रगतिको वारेमा यो सगंठन लाग्छ भन्ने विश्वास मलाई लागेको छ उनले भने तपाईं समाजवादी पत्रकारहरु श्रमजीवी पत्रकारको पक्षमा उभिएर अन्य पत्रकारका सगंठन भन्दा फरक भएर अगाडि वढन आग्रह गर्छु ।
उनले अघिल्लो महिना पार्टीले चलाएको मेचीमहाकाली समाजवादी जागरण अभियानको पहिलो प्रभावका कारण समाजवादी प्रेस सगंठनले कर्णाली र सुदुरपश्चिम प्रदेशको भेला सम्पन्न गरेकोमा ईन्चार्जको तर्फवाट धन्यवाद ब्यक्त गरे।













