• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

८२ गाउँका थारु समुदायको लवाङ्गी पूजा

  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा थारु समुदायले हरेक वर्ष लवाङ्गी पूजा सामूहिक रूपमा गर्दै आइरहेका छन् । सीता विवाहपञ्चमी तिथिमा हुने लवाङ्गी पूजा यस वर्षसमेत भव्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।

“भाषा,धर्म,कला,संस्कृति के करी सम्मान, घोरा घोरी मन्दिर थारुन के देउ थान के चिन्हैन हमार अभियान” भन्ने मूल नाराका साथ घोरी घोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने आयोजकले जानकारी दिएका छन् ।

घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाजको सहकार्य र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा हुने उक्त पूजा कार्यक्रममा ८२ गाउँका थारु समुदायको उपस्थिति हुने जनाइएको छ ।

घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीले पुस १ गते लवाङ्गी पूजा हुने भए पनि २९ गते महोत्सवको उद्घाटन हुने जनाउँदै तीन दिनसम्म थारु सांस्कृतिक महोत्सव हुने बताए ।

लवाङ्गी पूजा तथा महोत्सवका लागि तयारी सुरु गरिएको घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीले जानकारी दिए । महोत्सवमा घोडाघोडी नगरपालिकाभित्रका ८२ गाउँका स्थानीयहरूको उपस्थिति हुने बताइएको छ ।

अध्यक्ष चौधरीले भने “पश्चिम नेपालका थारु समुदायको सबैभन्दा ठुलो देउथान घोडाघोडीलाई मानिन्छ, यहाँ पूजा भएपछि अरु गाउँ गाउँमा पूजा गर्ने चलन छ ।” थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वकालदेखि गर्दै आएको बताइन्छ ।

परापूर्वकालदेखि थारु समुदायले अन्नबाली घर भित्र्याइसकेपछि सर्वप्रथम देउतालाई चढाउने पूजा भएकाले पनि लवाङ्गी पूजाको नाम रहन गएको भनाइ छ । पहिला पहिला सामान्य पूजा कार्यक्रम मात्र गरिने भए पनि केही वर्ष यता महोत्सवको रूपमा थारु संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी गरेर पूजालाई भव्य रुपमा सम्पन्न गरिँदै आएको छ ।

घोडाघोडी नगर भलमन्सा सञ्जालका अध्यक्ष बुधराम चौधरीले घोरी घोरा लवाङ्गी पूजामा बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकाका थारु समुदायको उपस्थिति हुने गरेको जानकारी दिनुभयो । उनले भने “लवाङ्गी पूजामा गैर थारु समुदायकाको पनि सहभागिता हुन्छ, तर ८२ गाउँका स्थानीयले पैसा उठाएर पूजा कार्यक्रम गर्दै आएका छौँ ।”

मङ्सिर २९ गते सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले लवाङ्गीपूजा तथा थारु सांस्कृतिक महोत्सवको उद्घाटन गर्ने जनाइएको छ । ३० गते राती थारु गुरुबाहरू धाक (धामी) बस्ने र पौष १ गते बिहानदेखि पूजा कार्यक्रम शुरु हुने जनाइएको छ ।

घोडाघोडीलाई भाकल गरेकाहरूले लवाङ्गी पूजाकै दिन बोका, कुखुरा, हाँस, बङ्गुरलगायत पशुको बलि दिने चलन रहेको जनाइएको छ । घोडाघोडी लवाङ्गी पूजामा कैलाली,कञ्चनपुर,दाङबाट पनि ठुलो सङ्ख्यामा भक्तजन आउने बताइएको छ ।

  • लवाङ्गी पूजा
आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.