धनगढी – एसयूभी सेग्मेन्टका लागि नेपालकै अग्रणी कम्पनी अग्नि ग्रुपले सुदूरपश्चिमका लागि धनगढीबाट अत्याधुनिक सोरुमसहित महिन्द्रा गाडीको बिक्री वितरण शुरु गरेको छ।
युवा व्यवसायी हरिशंकर ठाकुरको लगानी रहेको ठाकुर मोटर्सको आज सुदूरपश्चिम प्रदेशका भौतिक योजना मन्त्री प्रकाशबहादुर देउवा र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले उदघाटन गरेका छन्। उदघाटन भएसँगै आजै ‘स्कर्पियो–एन’ र एसटेन गाडी बिक्री वितरण गरिएको ठाकुर मोटर्समा प्रबन्ध निर्देशक हरिशंकर ठाकुरले बताए।
भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियामा पाएको सफलतापछि ‘स्कर्पियो–एन’ नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो, जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन गरेको छ।
गाडीको अविस्मरणीय डिजाइन, अत्याधुनिक सवारी सञ्चालन र ह्यान्डलिङ, रोमाञ्चकारी प्रदर्शन, उन्नत टेक्नोलोजी, सुरक्षाको सुनिश्चितता र निस्सन्देह, यसको भू–भाग–विजयी क्षमता भएका कारण एसयूभीहरूको नयाँ युगको प्रतिनिधित्व गर्ने अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्माले बताए। नयाँ स्कर्पियो–एनमा आकर्षक ३ वर्ष र १ लाख किलोमिटरको वारेन्टी प्लान रहेको कम्पनीले बताएको छ।













