नवलपरासी पश्चिम् – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू पहिचानको पक्षमा समर्पित हुने बताएका छन् ।
विगतदेखि नै राज्यका शासकहरूले थारु समुदायका भाषा, संस्कृति र पहिचानलाई समेट्न नसकेको उनले बताए । राज्यले आफूहरूलाई नागरिकता बाहेक केही नदिएको चौधरीको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टी पश्चिम् नवलपरासीले आज आइतवार बर्दघाटको चौपत्तामा आयोजना गरेको आमसभामा चौधरीले थारुको इतिहास र विरासत संरक्षणका लागि नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताए ।
राज्यको शिक्षा नीति विभेदकारी भएको उल्लेख गर्दै नेता चौधरीले यहाँको माटो सुहाउँदो, संस्कृति सुहाउँदो समावेशिता रहनुपर्नेमा जोड दिए । उनले थारु समुदाय देशको असल भुमिपुत्र भएको भन्दै राज्यसँग जङ्गे पिल्लर नहुँदा आफ्ना पुर्खाहरूले सालका रुखका ठुटा गाडेर सीमाको रक्षा गरेको दाबी गरे ।













