धनगढी- कैलालीको गौरीगंगा नगरपालिकाले आफनो क्षेत्र अधिकार भित्रपर्ने स्कुलहरुमा लागुपदार्थ दुब्र्यशनी बिरुद्धका कार्यक्रम गर्ने भएको छ । बिथार्थीहरु लागुपदार्थ दुब्र्यशनीको शिकार हुन नदिन यहि पौष २२ गते देखी स्कुलहरुमा सो कार्यक्रम गरिन थालेको हो ।
गौरीगंगामा रहेका ६४ स्कुल ,दुई क्याम्पसमा अध्यनरत बिधार्थीलाई अनुशाशीत बनाउन, नैतिक शिक्षा सम्बन्धी ज्ञानदिन र बिधार्थीलाई लागुपदार्थ सेबनबाट रोक्न यो कार्यक्रम फलदायी हुने गौरीगंगा नगरपालिकाका उपसचिब हरिश पन्तले जानकारी दिए ।
बिधार्थीहरु साथीभाईको लहीलहीमा लागेर कुलतमा फस्न थालेको, अनुशासीत नभएको भन्ने सुनिन्छ , जनचेतनाका कार्यक्रमबाट केही सिक्दै सफल जिबन जिउन, सकारात्मक चिन्तन बनाउन सहयोग पुग्ने उनको भनाई छ । प्रशिक्षकका रुपमा मोटीभेसन स्पीकर रमाभटराई रहने उनले बताए ।













