• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

कृष्णपुरमा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु

  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित

कैलाली- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । आइतबार कोरिया सरकारद्वारा सञ्चालित कोइका नेपालका प्रतिनिधि,विज्ञ टिम र सिटीइभिटी नेपाल सहितको टोलीले कृष्णपुर नगरपालिका दुई स्थानमा स्थलगत अनुगमन गरेको छ ।

टोलीले वडा न.७ र वडा न.५ गरी दुई स्थानमा स्थलगत अनुगमन गरेको हो । अनुगमन पश्चात् सो टोलीले प्राविधिक कलेज सञ्चलनका लागि कृष्णपुर नगरपालिका उपयुक्त स्थान रहेको भन्दै प्रारम्भिक रिपोर्ट कोरियन सरकारलाई बुझाएर विस्तृत अध्ययनका लागि टोलीले छिट्टै कृष्णपुर नगरपालिकाको भ्रमण गर्ने कोइका नेपालका कन्ट्री डाइरेक्टर विकास रावलले जानकारी दिए ।

उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई लक्षित गर्दै कृष्णपुर नगरपालिकामा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कोइका नेपालको टिम कृष्णपुर आएको बताए । कोइका नेपालको टोलीमा कन्ट्री डाइरेक्टर विकास रावल,इन्जिनियर,प्राध्यापक लगायतको उपस्थित थियो ।

सुदूरपश्चिम प्रदेशमा प्राविधिक विषय अध्ययन गर्ने क्याम्पसको कमी रहेको भन्दै कोइका नेपालले यो प्रोजेक्ट कृष्णपुरमा लागु गरे यसलाई देशकै नमुना प्राविधिक कलेजको रूपमा अगाडी बढाउने लक्ष्य रहेको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताए । नगरप्रमुख ओझाले आफूले स्थानीयहरूसँग पनि छलफल गरिरहेको भन्दै प्रोजेक्टका लागि आवश्यक पर्ने जमिन उपलब्ध गराउन नगरपालिका तत्पर रहेको र नगरवासीहरू पनि अत्यन्तै उत्साहित रहेको बताएका छन् ।

उनले प्राविधिक कलेज स्थापना भए अटोमोटिभ्स मेकाट्रोनिक सँगै अन्य प्राविधिक विषय तर्फका अल्पकालीन र दीर्घकालीन कार्यक्रम हरू पनि लागु गर्न सकिने बताएका छन् । स्थलगत अनुगमनमा सिटीइभिटी नेपालका निर्देशक अनुज भट्टराई,उपनिर्देशक सुशील श्रेष्ठ,र सिटीइभिटीका सुदूरपश्चिम प्रमुख कल्प बस्नेतको उपस्थिति रहेको थियो ।

नगरपालिकाको तर्फबाट स्थलगत अनुगमनमा नगरप्रमुख हेमराज ओझा,उपप्रमुख द्रोपति राना,विभिन्न वडाका वडा अध्यक्षहरु,इन्जिनियर परराष्ट्र मन्त्री एनपी साउँदका सचिवालय सदस्य राम प्रसाद भट्ट लगायतको उपस्थिति रहेको थियो ।

यो प्रोजेक्ट पूर्णतया कोरियन सरकारको लगानीमा बन्नेछ । झन्डै एक अर्ब ३० करोड लगानीमा बन्ने प्राविधिक क्याम्पस निर्माण पश्चात् सञ्चालनका लागि नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सिटीईभिटीलाई हस्तान्तरण गरिने कोइका नेपालका कन्ट्री डाइरेक्टर विकास रावलले बताए । हाल यस्तै प्रकृतिका दुई प्रोजेक्ट महोत्तरीको बर्दिबास र रुपन्देहीको बुटवलमा सञ्चालनमा रहेका छन् ।

 

  • प्राविधिक क्याम्पस
सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.