• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

बल्चौरमा रहेको थारू होमस्टे पाहुनाको पर्खाइमा

  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित

घोडाघोडी- कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा रहेको बसेरा सामुदायिक थारू होमस्टे सञ्चालनमा आए पनि उचित प्रचारप्रसारको अभावमा पर्यटक तान्न सकेको छैन । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानीदेखि पाँच किलोमिटर पश्चिममा रहेको सो होमस्टे सञ्चालनमा आएको पाँच वर्ष बितिसकेको छ ।

करिब ३५० थारू समुदायको घरपरिवार रहेको बल्चौरमा अवस्थित बसेरा होमस्टे पाहुनाको पर्खाइमा रहेको सञ्चालक बताउँछन् । मनग्गे लगानी गरेर सुविधासम्पन्न होमस्टे निर्माण गर्नुभएका सञ्चालक किशोर चौधरीलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले पिरोलेको छ ।

सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बसेरा होमस्टेमा सबैभन्दा राम्रो र व्यवस्थित घर आफूले बनाए पनि पाहुना नआउँदा लगानी उठाउन समस्या परेको बताए । उनले भने, “अरूले पक्की घरलाई होमस्टे बनाएका छन्, मैले माटो, काठको व्यवस्थित र आकर्षक घर बनाएको छु, यहाँ आउने पाहुनाले फरक अनुभूति गर्न सक्ने वातावरण छ तर उचित प्रचारप्रसारको अभावले रात बिताउने पाहुना आएका छैनन् ।”

उनको होमस्टे घर नम्बर ५ मा थारू संस्कृति झल्काउने कलाकृतिसहितको प्रवेशद्वार बनाइएको छ र माटोले लिपपोत गरेको चिटिक्क परेको सुन्दर छ । सहरमा व्यस्त जीवन बिताउनेका लागि बसेरा होमस्टेमा पुग्दा फरक खालको आनन्द आउने वातावरण बनाइएको छ । यहाँ १० वटा घरमा होमस्टे चलाउने उद्देश्य राखिए पनि अहिले चार वटा घर मात्र सञ्चालनमा आएका छन् । चार वटामा त पाहुना आउँदैनन्, आए पनि दिउँसो खानपिन गर्ने मात्र आउँछन्, राति बस्ने कहिलेकाहीँ मात्र आउँछन् ।

वडासदस्य प्रेमबहादुर चौधरी पनि सोही ठाउँका बासिन्दा हुनुहुन्छ । उनी भन्छन्, “सञ्चालनमा आएको धेरै समय भए पनि व्यवस्थित बनाउन कसैको सहयोग नहुँदा सोचे जस्तो होमस्टे चल्न सकेको छैन ।” नजिकै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानीमा आउने पर्यटकलाई होमस्टेमा आउने वातावरण बनाउन सम्बन्धित निकायले सहयोग गर्नुपर्ने होमस्टे सञ्चालकको भनाइ छ ।

कर्णाली जैविक मार्गको काखमा रहेको बसेरा होमस्टेलाई व्यवस्थित सञ्चालनका लागि कुनै दातृ निकायको समेत सहयोग नरहेको उनीहरूको भनाइ छ । स्थानीयलाई होमस्टेको महत्वबारे बुझाउँदै सञ्चालनका लागि आवश्यक तालिम र सहयोगको खाँचो रहेको बताइन्छ । सामान्य खाना बनाउने तालिमबाहेक अन्य तालिम नलिएको होमस्टे सञ्चालक बताउँछन् । होमस्टेसम्बन्धी आवश्यक तालिम र प्रचारप्रसारको आवश्यकता देखिन्छ ।

लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लवबहादुर शाहीले बसेरा होमस्टे सञ्चालन तथा विकासका लागि पर्यटकसम्बन्धी रचनात्मक कार्यक्रमको माग भएको बताए । उनले स्थानीयको इच्छाशक्ति र उचित प्रचारप्रसार भए यस क्षेत्रको विकासमा होमस्टेले फड्को मार्ने उल्लेख गरे । गोरखापत्रबाट

  • थारू होमस्टे
मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.