धनगढी- सुदूरपश्चिम महोत्सवको आठौँ दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आजको कार्यक्रममा चर्चित गायक खेम सेन्चुरी, गायक टंक तिमिल्सेना, लालबहादुर धामी (अछामी बड्डो), कोष खड्का आउने भएका छन् । यस्तै सुनिल नेपाली, दीपेन्द्र ओली लगायतका कलाकारहरूको प्रस्तुति रहने भएको हो ।
त्यसैगरी स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने छ। मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन्।
महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ। महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।













