• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

पाहुनाको पर्खाइमा शुक्लाफाँटाको खैयरकन्द्रा घरबास

  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुन् । घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण छन् । पाहुना आएपछि उनी घरबास सञ्चालक महिलासँगै परम्परागत पहिरनमा सजिएर हसिलो मुहारमा फूलमाला र अबिर लिएर सत्कार गर्नका लागि तम्तयार भएर बस्छिन् ।

एकपटक घरबासमा पुगेका पाहुना थारू महिलाको सेवा, सत्कार गर्ने बानी देखेर पुनः फर्केर आउने गरेका छन् । वसन्तीले घरबास सञ्चालनका लागि तालिम लिएपछि दक्ष बनेका हुन् । उनी जस्तै खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आबद्ध छन् । सबै परिवारका सदस्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, तारागाउँ विकास समिति र मितजी ग्रुपलगायत संस्थाबाट घरबास सञ्चालनबारे तालिम लिएका छन् ।

सबै परिवारका सदस्यले पाहुनालाई सत्कार गर्ने, पाहुनाको चाहनाअनुसार मौलिक परिकार बनाएर खुवाउने, परम्परागत गीत र नृत्य देखाउने गर्दछन् । त्यो सबै कार्य तालिम लिएपछि सम्भव भएको सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर डगौरा बताउँछन् ।

‘धेरै पाहुना बाह्य जिल्लाबाट सामुदायिक घरबास हेर्नका लागि र यस क्षेत्रको मनोरम दृश्यसँगै थारू संस्कृति हेर्नका लागि पुग्ने गर्दछन्’, उनले भने, ‘थारू परिकारका पारखी पनि पुग्ने गर्दछन् ।’ कोरोना महामारीअघि घरबासमा पाहुना खचाखच भरिने गरेका थिए । ‘महामारी फैलिएपछि घरबासमा पाहुना आएनन्’, पुरनले भने, ‘धेरै दिन बन्द नै गर्नुपर्यो, महामारीको अन्त्यपछि पुनः पाहुना फाट्टफुट्टरूपमा आउन थालेका छन्, अझै पहिलाझै घरबासमा खचाखच पाहुना भरिने दिनको पर्खाइमा छौँ ।’

उनका अनुसार घरबासमा आउने पाहुनालाई सामुदायिक भवनमा स्वागत गर्ने गरिएको छ । स्वागत कार्यक्रमपछि पाहुनालाई घरबास सञ्चालकले पालो मिलाएर घर-घरमा बस्ने व्यवस्था मिलाउने गरेका छन् । पाहुनाको चाहनाअनुसारका परिकार खुवाइसकेपछि उहाँहरूकै इच्छामा परम्परागत नृत्य देखाउने गरिन्छ । नृत्यपछि पाहुना घरबासमा सुत्नका लागि जाने गरेका छन् । पाहुनाबाट परिकारअनुसारको शुःल्क लिइने गरिएको छ ।

‘पाहुनालाई थारू संस्कृति, रहनसहनबारे जानकारी दिनका लागि गाउँ डुलाउने व्यवस्था पनि गर्न थालेका छौँ’, घरबास सञ्चालक टीकुराम दहितले भने, ‘बूढापाकाबाट संस्कृतिबारे जानकारी दिन्छौँ, परम्परागत पहिरन, खानपान, रहनसहनबारे जानकारी दिन्छौँ, यस कार्यले थारू समुदायबारे सोध, अनुसन्धान गर्नेलाई सहयोग पुग्छ ।’

गाउँ नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको खयरकन्द्रा तालको मनोरमदृश्य नियाल्नका लागि निकुञ्ज कार्यालयसँग समन्वय गरी घुमाउने प्रबन्धका लागि कार्य अगाडि बढाइएको उनी बताउँछन् । घरबास सञ्चालकले पहिला पाहुना भित्र्याएर महिनामा रु ३० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्दै आएका थिए ।

‘कोरोनाका कारण घरबास सञ्चालकले निकै घाटा व्यहोर्नुपर्यो”, गाउँका बडघर रामप्रसाद चौधरीले भने, ‘कोरोनापछि हाल वर्षमा रु ५० हजार जति आम्दानी हुन थालेको छ, घरबास प्रवर्द्धनका लागि सरकारी निकायले अनुदानको व्यवस्थासँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ ।’

गतिलो सडक पूर्वाधार नहुँदा पर्यटकलाई यहाँसम्म पुग्न सकस हुने गरेको उनको भनाइ छ । ‘सामुदायिक घरबाससम्म पुग्न सडक कालोपत्र गर्नका लागि नगरपालिकासँग माग गर्दै आएका हौँ’, उनले भने, ‘नगरप्रमुखलाई यसबारे अवगत गराउनुका साथै अवलोकन गराएका हौँ, अहिलेसम्म अश्वासनबाहेक अरु केही पाउन सकेको छैन ।’

सामुदायिक घरबास सञ्चालक समितिका सचिव दानसिंह दहितका अनुसार हालसम्म घरबासको जग्गा खरिद र सामुदायिक भवन निर्माणका लागि वडा कार्यालयबाट रु दुई लाख, तारागाउँ विकास समितिबाट रु चार लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषबाट रु १३ लाख र सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट रु ३० लाख सहयोग गरिएको छ ।

‘जग्गा खरिद र भवन निर्माणकार्य पूरा भए पनि घेराबार, पर्खाल निर्माणका लागि रकम अभाव छ’, उनले भने, ‘परम्परागत नृत्य गर्ने महिलाका लुगा चाजाँपाजो मिलाउने कार्यसँगै फर्निचरको व्यवस्थापन गर्न आवश्यक रकमको अभाव छ ।’ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि घरबास सञ्चालनमा लागेकालाई गैससको सहयोगमा नगरपालिकाका तर्फबाट सातदिने तालिम दिइएको नगरउपप्रमुख कल्पना पन्तले बताए ।

‘तालिम दिएपछि घरबास सञ्चालकको कार्यक्षमतामा वृद्धि भएको छ’, उनले भने, ‘घरबासमा पूर्वाधार निर्माण, सौन्दर्यकरण, पर्यटकीय क्षेत्रको विकासका लागि कार्य अगाडि बढाएका छौँ ।’ पर्यटन बोर्डसँगको लागत साझेदारीमा पर्यटकीय क्षेत्रसँगै घरबास सञ्चालकलाई फाइदा पुग्ने गरी कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो ।

उनका अनुसार वडा नम्बर ३ मा खयरकन्द्रा सामुदायिक घरबास सञ्चालनमा रहेको छ भने वडा नं ७ मा कृष्णसार सामुदायिक घरबास विधिवत रुपमा दर्ताभई सञ्चालनको तयारीमा छ । वडा नं ८ मा घरबास सञ्चालनको तयारी गरिएको छ । पर्या पर्यटन प्रवद्र्धनका लागि नगरपालिका क्षेत्रभित्रका दर्शनिय पर्यटकीय स्थलहरुको अबलोकन गराउने व्यवस्था गराइने उनको भनाइ छ । रासस

  • खैयरकन्द्रा घरबास
शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.