• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

धनगढी-दिपायल फास्ट ट्य्राक, कालोपत्र नहुँदै खाल्डाखुल्डी

  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित

धनगढी- धनगढी–दिपायल द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत धनगढी–स्याउले खण्डमा कालोपत्र गर्ने काममा लापरबाही भइरहेको पाइएको छ । कालोपत्र पूरा नहुँदै पहिलो कोट गरिएको खण्डको विभिन्न ठाउँमा खाल्डाखुल्डी परिसकेका छन् । तुलनात्मक रूपमा कमजोर गुणस्तरको प्रविधि मानिने डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डीबीएसटी) प्रविधिबाट यो खण्ड कालोपत्र भइरहेको छ ।

यस प्रविधिको कालोपत्रको आयु बढीमा तीन–चार वर्ष हुने प्राविधिकहरू बताउँछन् । त्यही कारण पहिलो कोट गर्दागर्दै बेस भत्किन थालेको हो । पहिलो कोट गरिएको केही समयपछि दोस्रो कोट हुने निर्माण कम्पनीले जनाएको छ ।

फास्ट ट्र्याक धनगढीको हसनपुरदेखि सुरु हुन्छ । तराई क्षेत्रमा कालोपत्र भइरहेको हसनपुर–स्याउले खण्ड अत्तरियादेखि धनगढीसम्म हाल सञ्चालित ६ लेन सडकजत्तिकै चाप हुने वैकल्पिक मार्ग हो । ६ लेन खण्डजत्तिकै महत्त्वको उक्त सडक खण्डमा डीबीएसटी गुणस्तरको कालोपत्र नै गलत भएको प्राविधिकहरू बताउँछन् ।

नेपालमा सडक कालोपत्र गर्न अस्फाल्ट, प्रिमिक्स, डीबीएसटी र ओटासिल गरी चार वटा गुणस्तर प्रविधि चलनचल्तीमा छन् । अस्फाल्ट सबैभन्दा गुणस्तरीय मानिन्छ । तराईका सडकमा अस्फाल्ट र प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने प्रचलन रहेको इन्जिनियरहरू बताउँछन् । ‘प्रायः गरी पहाडी क्षेत्रका सडकमा डीबीएसटी र ओटासिल प्रविधिले कालोपत्र गर्ने गरिन्छ,’ इन्जिनियर जंगबहादुर थापाले भने, ‘ओटासिल त अहिले लगभग हटिसक्यो ।’

धनगढी–स्याउले खण्डमा डीबीएसटी प्रविधिमा कालोपत्र किन गरियो भन्नेमा सम्बन्धित निकायका प्राविधिकहरू डीपीआर नै त्यही भएकाले बदल्न नमिलेको बताउँछन् । ‘डीबीएसटी प्रविधिको कालोपत्रेको लागत सस्तो हुन्छ,’ धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजनाका प्रमुख दिनेश खैरालाले भने, ‘खाल्डाखुल्डी परेपछि माथिबाट थप्दै जानुपर्ने हुन्छ ।’ तर स्थानीय भने आयोजना कार्यालयले गरिरहेको तर्क विकास निर्माणको गुणस्तरमा खेलाँची भएको दाबी गर्छन् ।

‘फास्ट ट्र्याकजस्तो महत्त्वपूर्ण सडक संरचनामा कमसल गुणस्तरको कालोपत्र योजना बनाउनु आफैंमा हचुवापन हो,’ धनगढीका नागरिक अगुवा धनपति ढुंगेलले भने, ‘निर्माण नहुँदै माथिबाट टालटुल गर्नुपर्ने गुणस्तरको कालोपत्रे गर्नु आफैंमा लापरबाही हो ।’

धनगढी–खुटिया १३।४ किलोमिटर खण्ड कालोपत्रका लागि आयोजना कार्यालयले ०७८ जेठ तेस्रो साता खड्का कृष्ण नारायणम् जेभीसँग १८ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्पन्न गर्नुपर्ने म्याद मंसिर २० मा गुज्रिसके पनि काम भने अधुरै छ ।

म्याद थपको प्रक्रियामा रहेको आयोजना कार्यालयले जनाएको छ । हाल धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजना कार्यालयले धनगढीदेखि उरैभन्ज्याङसम्मका लागि ६ वटा ठेक्का लगाएर काम भइरहेको जनाएको छ । धनगढीदेखि हाटखोलीसम्म २० किलोमिटर कालोपत्रका दुई वटा ठेक्का छन् । जसको म्याद यही मंसिर २० सकिएको भए पनि काम भने अधुरै छ । कान्तिपुरबाट

 

  • फास्ट ट्य्राक
शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.