काठमाडौँ- नेपाल जेसिजको बुटवलमा सम्पन्न ५० औँ राष्ट्रिय महाधिवेशनमा धनगढी जेसिज वर्ष २००५ का अध्यक्ष नर नारायण शाह (मनु) सम्मानित भएका छन् । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका शाहलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले सम्मानित गरेका हुन् ।
धनगढी जेसिजको सन् २००५ को अध्यक्ष रहेका बेला शाहले सामाजिक र राजनीतिक क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मानित गरेको नेपाल धनगढी जेसिजका निबर्तमान अध्यक्ष मोहन ओझाले बताए । सम्मानित भएपछि शाहले यो सम्मानले सामाजिक तथा राजनैतिक क्षेत्रमा थप कार्य गर्न ऊर्जा मिलेको बताए ।
शाह २००५ को अध्यक्ष हुनुका साथै नेपाल जेसिजले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा समेत सक्रिय सहभागिता जनाउँदै विभिन्न पदमा रही उत्कृष्ट कार्य गर्दै आएको नेपाल जेसिजले जनाएको छ ।













