• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

बासुलिङ्ग चिनी मिलको अनुगमन

  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित

कैलाली- सुदूरपश्चिमकै सबैभन्दा ठुलो उद्योगको रुपमा रहेको रुग्ण बासुलिङ्ग सुगर मिलको प्रतिनिधि सभा संसदीय उपसमितिले अनुगमन गरेको छ । रुग्ण अवस्थामा रहेको मिलको चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले स्थलगत अनुगमन गरेको हो ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले कञ्चनपुरमा रहेको चिनीमिलको समेत अनुगमन गरेको छ ।

उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठ (किसान) रहेको पाँच सदस्यीय उपसमितिले स्थलगत अनुगमन गरेको हो । अनुगमनको क्रममा उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठ (किसान) ले दुई दशकदेखि बन्द रहेको बासुलिङ्ग चिनी मिल पुनःसञ्चालनका लागि आफूहरु स्थलगत अनुगमनमा आएको बताए ।

चिनी मिल हुँदा यस स्थानीय रोजगारसँग जोडिउको र सयौँ किसानहरू लाभान्वित हुने भएपनि निजी कम्पनीको रुपमा रहेकोले यसको पुनः सञ्चालनका लागि सरकारले के कति सहयोग गर्न सक्ने भन्ने विषयमा छलफल हुने बताए । उनले पहिला यस मिलको सञ्चालकसँग कुरा गरेरमात्र अन्यकुरा अगाडी बढ्ने बताए ।

संयोजक श्रेष्ठले भने, “बासुलिङ्ग सुगर मिल सञ्चालनमा ल्याउन के कस्ता अवरोधहरू छन्, ती अवरोधहरू फुकाउन सरकारलाई दवाव र सुझाव दिन उपसमिति तयार छ । अनुगमनपछि केही न केही रिजल्ट निस्कने गरी काम हुन्छ ।”

अनुगमन टोलीसँगै भेटिएका कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अरुण चौधरीले बासुलिङ्ग सुगर मिल सञ्चालनको लागी आफूले पटकपटक प्रतिनिधि सभामा आवाज उठाएको बताए । उनले सुगर मिल सञ्चालनको विषयमा सुगर मिलका सञ्चालक अरुण चन्दसँग भेटघाट समेत भएको जनाउदै सांसद चौधरीले मिल सञ्चालन भएको खण्डमा यस क्षेत्रमा रोजगारीका ढोकाहरू खुल्ने बताए ।

सरकार पक्षबाट केही कुरा खुकुलो पार्न सक्यो भने मिल सञ्चालन गर्न त्यस्तो अप्ठ्यारो नहुने अरुण चौधरीको भनाइ छ । अनुगमनको क्रममा उपसमिति सदस्यहरू कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ, लम्किचुहा नगरपालिका नगर प्रमुख सुशीला शाही, वडाका जनप्रतिनिधि र स्थानीयहरूको सहभागिता थियो ।

५२ विगाहा क्षेत्रफलमा रहेको उक्त चिनी उधोग करिब ८३ करोड लगानीमा २०५४ सालदेखि सञ्चालनमा आएको भएतापनि व्यवस्थापन पक्षको कम्जोरी र माओवादी द्वन्द्धका कारण बन्द भएको जनाइएको छ ।

२०६१ सालमा पहिलो पटक बन्द भएको मिल केही समयपछि सुचारु भयो । सुचारु भएको वर्ष दिन नपुग्दै २०६३ मा बन्द भएको मिल मुलुकमा समृद्धिको कुरा भईरहँदा पनि चिनी उद्योग सञ्चालनमा कसैको ध्यान नगएको स्थानीयको गुनासो छ ।

मिल सञ्चालनका समयमा पाँचसय जनाले प्रत्यक्ष रोजगार पाएका थिए भने २० हजार बढी किसानको रोजगारी मिलसँग जोडिएको थियो । दैनिक २५ हजार क्वीन्टल चिनी उत्पादन गर्ने मिलको क्षमता थियो । सशस्त्र द्वन्द्व चरमोत्कर्समा पुगेका बेला सुरक्षाको कारण दिउँसो मात्र सञ्चालन हुन थालेपछि पूर्ण क्षमतामा सञ्चालन नहुँदा घाटामा जानु र सुरक्षाका कारण मिल बन्द गर्नुपर्ने अवस्था आएको पूर्व कर्मचारीहरु बताउँछन् ।

कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, नेपाल औद्योगिक विकास निगम र कर्मचारी सञ्चय कोषको ५७ करोड २७ लाख ऋण तथा सञ्चालक अरुण चन्दको २५ करोड ६४ लाख गरी करिब ८२ करोड ८१ लाख रुपियाँ लागतमा मिल स्थापना भएको हाल मिलको रेखदेखमा रहेका कर्मचारीको भनाइ छ ।

पूर्व मन्त्री लोकेन्द्र चन्दका छोरा अरुण चन्दले सञ्चालनमा ल्याएको उक्त मिलमा भारतको धामपुर सुगर मिलको पनि लगानी रहेको बताए । ऋण तिर्न नसकेपछि कम्पनी र सञ्चालक बैंकको कालोसूचीमा परेको छ । गोरखापत्रबाट

 

  • बासुलिङ्ग
आइतबार, पुष ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.