काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरिएको छ । ललितपुरको बालकुमारीमा रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाइदिएका हुन् ।
मन्त्री ज्वाला नेकपा एकीककृत समावादीको केन्द्रीय कमिटी बैठकबाट निस्किएका थिए । अहिले मन्त्री ज्वाला समाजवादीको बैठक भइरहेको स्थलमै फर्किएका हुन् ।
मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीले रबरको गोलि प्रहार गरेको थियो । केही घाइते भएको स्थानीयले बताए । सो क्षेत्रमा ५० राउन्ड अश्रुग्यास प्रहार गरिएको छ ।













