काठमाडौं- रामेछापको सुनापति गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटनका लागि आउने भएपछि पालिकाले सार्वजनिक बिदा दिएको हो ।
बिहीबार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्थालगायत गाउँपालिका क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।














