काठमाडौं- युक्रेनसँगको युद्धका क्रममा रूसी सेनामा भर्ती भएका थप ३ नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत बहादुर शाह र धादिङका राजकुमार गिरी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।
उनीहरु कहिले र कसरी रुस पुगे भन्ने जानकारीमा आइनसकेको पनि उनले बताए। यो सँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या १० पुगेको छ। यसअघि रूसी सेनामा भर्ना भएका सात नेपालीले युक्रेनसँगको युद्धका क्रममा ज्यान गुमाइसकेका छन्।













