• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

मङ्गलसेन दरबार पुनःनिमार्ण गर्न माग

  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित

अछाम- तत्कालीन द्वन्द्वका समयमा क्षतिग्रस्त अछामको मङ्गलसेन दरबार हालसम्म पुनः निर्माण हुन सकेको छैन । अलपत्र अवस्थामा रहेको अछाम दरबारको निर्माण छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाको टोलीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत ज्ञापनपत्र बुझाउँदै टोलीले वर्षौंदेखि अलपत्र दरबार निर्माणको काम चाँडै पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मङ्गलसेन नगर प्रमुख पदमबहादुर बोहराको नेतृत्वमा मंगलबार गएको जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायत टोलीले पाँच सय १५ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

द्वन्द्वकालमा क्षति भएका संरचना पुनःनिर्माण गर्ने सरकारको कार्यक्रमअन्तर्गत मङ्गलसेन दरबारको पुनःनिर्माणको काम थालिएको १५ वर्ष पुगिसक्दा पनि निर्माण अधुरै रहेको जनाउँदै यसतर्फ सम्बन्धित निकायले बेवास्ता गरेको यहाँका सरोकारवालाहरुले गुनासो छ ।

तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा रहेको तथा जिल्लाकै ऐतिहासिक र पहिचान बोकेको मङ्गलसेन दरबारको निर्माण पूरा गर्न पटकपटक संघीय सरकार, सम्बन्धित मन्त्रालय, मन्त्रीहरु र अन्य निकायमा दबाबस्वरुप ध्यानाकर्षण गराएको भए पनि प्रतिबद्धता अनुसारको काम नगरेको उनीहरुको गुनासो छ ।

सरकार र राजनीतिक संरक्षणमा विभिन्न बहानामा निर्माण व्यवसायीले दरबारको निर्माण हालसम्म पनि सम्पन्न नभएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी पोखरेलले दरबारको बिषयमा आफूले ठेकेदार र मन्त्रालयमा पटकपटक कुरा राखिरहेको उल्लेख गरे । यो मागलाई तत्काल गृह मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाउने जनाउँदै आफ्नो तर्फबाट हुने प्रयासमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सशस्त्र द्वन्द्वका समयमा २०५८ साल फागुन ४ गते दरबार ध्वस्त भएको थियो । ‘बोलपत्र’ आव्हान भई आर्थिक वर्ष २०६४÷६५ मा निर्माण व्यवसायी राजेन्द्र साउँद÷तुल्सी दुर्गा–कुँवर–बडिमालिका जेभी धनगढी कैलाली र तत्कालीन सहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय डोटीसँग दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा हालसम्म पनि निर्माण सम्पन्न भएको छैन । दरबार नबन्दा यसअघि निर्माण भइसकेको कामसमेत भत्किने जोखिम छ ।

मङ्गलसैनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएको उक्त दरबार उनका छोरा दलबहादुर शाहको पालामा विसं १९३५ मा निर्माण सकिएको इतिहास छ । सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा दरबार किनेको अछामी इतिहासका जानकारहरु बताउँछन् । योगेन्द्र बहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । तीनतले दरबारमा ३० कोठा थिए ।

 

  • मङ्गलसेन दरबार
बुधबार, पुष १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.