काठमाडौं- नेकपा (एमाले) ले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो।
तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्कीलाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए।
न्यौपाने कोशी, पाण्डे बागमती, भण्डारी सुदूरपश्चिम, शाह कर्णाली र यादव मधेस प्रदेशका पूर्वअध्यक्ष हुन्। कार्की भने झापा अध्यक्ष हुन्।
















