• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम

  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित

टीकापुर- कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ । समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ । वृद्ध सेवा समितिमा हरेक दिन दिउँसो धार्मिक र सांस्कृतिक कार्यक्रम हुने गरेको समितिका अध्यक्ष मुक्तिनाथ रेग्मीले जानकारी दिए ।

“घरमा एक्लो हुँदा अधिकांश ज्येष्ठ नागरिक दिक्क भएका छन् । उनीहरुसँग बोलिदिने व्यक्ति छैन”, उनी भन्छन्, “सन्तानको समय नपाएका ज्येष्ठ नागरिकलाई हामीले १० दिन भए पनि मनोरञ्जनसहित ज्ञान सिकाउने अवसर जुटाएका छौँ ।” योग प्रशिक्षक टीकाराम आर्य ज्येष्ठ नागरिक एक्ला हुँदा मनमा अनेकथरि कुरा खेल्ने भएकाले मन शान्तिका लागि योग र ध्यानमा जोडिन आवश्यक रहेको बताउछन्।

“बालबालिका मोबाइल र कापी किताबमा व्यस्त रहन्छन्, युवा अधिकांश विदेश छन्, ज्येष्ठ नागरिकसँग बोल्ने कोही छैन”, आर्य भन्छन्, “ज्येष्ठ नागरिक घरको काम गर्ने तथा घर स्याहार्ने जिम्मेवारीमा छन् । यस्तो बेला उनीहरुलाई मानसिक तनाव हुन थालेको छ ।” योग प्रशिक्षक आर्यले उनीहरुलाई मनोरञ्जन सहितको वातावरण आवश्यक पर्ने बताए।

वृद्ध सेवा समितिका सचिव लोकराज रेग्मीले ज्येष्ठ नागरिक ज्ञानका भण्डार भए पनि उनीहरुमा भएको सीप र ज्ञानको सदुपयोग हुन नसकेको बताउछन्। “ज्येष्ठ नागरिकबाट सन्तानले धेरै कुरा लिएका हुन्छन् । ज्येष्ठ नागरिकको उमेर ढल्कदै जाँदा बच्चाजस्तै स्याहार सुसार र पालन पोषणमा ध्यान दिनुपर्ने हुन्छ तर सन्तानले त्यसो गर्न सकिरहेका देखिँदैन”, उनी भन्छन्, “सन्तानले आफ्नो भविष्यकै बढी चिन्ता गर्दा उनीहरुले स्याहार नपाएको अवस्था छ ।”

बुढेसकालमा पनि सन्तानकै चिन्ता
ज्येष्ठ नागरिक बुढेसकालमा पनि सन्तानकै बारेमा बढी चिन्ता गर्छन् । जो कोहीलाई लाग्न सक्छ की वयस्क मानिस जसले बालबच्चा हुर्काइरहेको छ, जसले घर सम्हाल्नुपर्छ उसलाई बढी चिन्ता होला तर त्यसो हुँदैन । जवान मानिसलाई मात्र होइन ज्येष्ठ नागरिकलाई पनि त्यतिकै चिन्ता लाग्छ ।

टीकापुरकी विन्द्रा न्यौपानेलाई आफ्नोभन्दा छोराछोरीको पीरले बढी सताउँछ । “छोराहरु रोजगारीका लागि भारतमा छन् । मलाई मेरो समस्याभन्दा उनीहरुकै पीरले सताएको छ”, उनी भन्छिन् “बुढेसकालमा दुःख पाइन्छ कि भन्ने पिर पनि छ ।”

टीकापुरकी उर्मिला अधिकारीलाई पनि बालबच्चाकै चिन्ता छ । ‘‘सन्तानसँगै भएमा सबै पिर हराउँछ’’, उनी भन्छिन्, ‘‘छोराछोरी टाढा छन् । अरु दुःखभन्दा मर्नेबेला सन्तान मुख निर छैनन् भन्ने कुरा मनमा खेल्छ ।’’

अर्की ज्येष्ठ नागरिक धना रावललाई निन्द्रा नलाग्ने समस्या छ । उमेर ढल्कदै छ । उनलाई विभिन्न स्वास्थ्य समस्याले पनि सताएको छ । ‘‘घरमा बुढाबुढी मात्र छौँ, सबै काम आफैँ गर्नुपर्छ’’, उनी भन्छन्, ‘‘आँखा देख्दिन, ढाड दुख्ने समस्या छ । यस्तो बेलामा निन्द्रा नलाग्ने समस्याले सताएको छ । मनमा अनेकथरि कुरा खेल्छन् ।’’

नन्दकला न्यौपानेलाई जीवनभरि दुःखले झेल्यो । उनका श्रीमान बेपत्ता भएको १५ वर्ष भयो । उनलाई बुढेसकाल लाग्दै गर्दा काम गर्न नसक्दा थप समस्या भएको छ । ‘‘जवान हुँदा पनि निकै दुःख पाइयो, अर्काको घरमा काम गरेर बालबच्चा स्याहारे’’, उनी भन्छिन्, ‘‘अहिले पनि उस्तै दुःख छ । छोरा कमाउने भएको छैन । छोरा व्यवस्थित हुन सकेको भए मन शान्त हुने थियो ।’’

ज्येष्ठ नागरिकमा पनि पुरुषको तुलनामा महिला बढी समस्या भोगिरहेका हुन्छन् । एक्लोपन महसुस गर्ने ज्येष्ठ नागरिकका लागि टीकापुर नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने गरेको छ । महिला बालबालिका शाखा प्रमुख सङ्गीता शाह पालिकाले दिवा सेवा कार्यक्रममार्फत उनीहरुको एक्लोपन मेटाउन खोजेको बताउछिन् । रासस

 

  • दिवा सेवा
शनिबार, पुष २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.