धनगढी- कैलालीमा भरुवा बन्दुक बरामद गरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका- १ माघीस्थित मौवारी सामुदायिक वन भित्र अवैध एक नाले भरुवा बन्दुक एक थान शुक्रवार दिउँसो प्रहरीले फेला परी बरामद गरेको हो।
प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।













