• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

‘वन सहारा, वन्यजन्तु मानिसका साथी’

  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित

भूमिराज पिठातोली/रासस/ बझाङ- शनिबार बिदाको दिनको मौका पारेर राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिले दाउराका लागि वन खुला गरेको थियो। बिहानै पाका उमेरका धनबहादुर चलाउनेसहितका स्थानीयहरू दाउरा ल्याउन जंगल गए। बाटोमा बाघबाट सतर्क रहन धनबहादुर सबैलाई सुझाउँदै थिए। वन पुगेपछि सबै जना वरपर आ–आफ्नो दाउरा भारी बनाउन लागे। अरूलाई सतर्क रहन सल्लाह दिने धनबहादुरलाई खोल्सामा लुकेको बाघले झम्टियो। गाउँलेहरू चिच्याउँदै रित्तै घर फर्किए।

यो घटना करिब दुई वर्षअघि राप्तीसोनारी गाउँपालिका–६ डाँडाटेपरी बाँकेको हो। वन–वन्यजन्तुबारे अनुभवी धनबहादुरसँग जंगल जाँदा डर नहुने भन्दै सँगै गएका महिलाहरूले फर्किएर प्रहरीलाई खबर गरे। सुरक्षाकर्मीसहित स्थानीयले जङ्गलमा खोजतलास गर्दा दुई घण्टापछि धनबहादुरको आधा शव फेला पर्‍यो।

‘धेरै पटक वन एक्लै पनि जानुहुन्थ्यो,’ राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिकी उपाध्यक्षसमेत रहेकी छिमेकी गङ्गाकुमारी चन्दले भनिन्, ‘वन जाँदा हामी सबैले उहाँकै भरोसा गर्थ्यौं। त्यो वर्ष दुःखद् घटना भयो।’ शनिबार समितिले दाउराका लागि खुला गरे पनि साताअघि नै बाघको पाइला देखेकाले कसैलाई जंगल नजानु भनेको वनरक्षक अजोध्याप्रसाद थारू सम्झन्छन।

‘त्यो दिन बिहानै वनमा बाघको पाइला देखेको थिएँ। कसैलाई वन नजानु भनेर म अर्कोतिर गएँ। उता गाउँलेहरू सबै जंगल पसेछन्। पछि त्यस्तो घटना सुनियो,’ थारूले भने। घरमुली नै बाघको सिकार भएपछि धनबहादुरको परिवार टुहुरो भयो।

‘परिवारमा अहिले पनि धेरै छौँ। तर ससुराबुबा नहुँदा टुहुराजस्तै भएका छौँ,’ बुहारी शोभा चलाउने भन्छिन्, ‘घरमुली भनेको घरको पिल्लरजस्तै रहेछ। अहिले पिल्लर भाँचिएको घरको अवस्थाजस्तै भएको छ।’ राप्तीसोनारीमा धनबहादुरको मात्रै होइन। त्यो समयको आसपास एउटै बाघबाट पाँच जना मारिएका थिए।

घाँस, दाउरा काट्न वन गएकी राप्तीसोनारी–४ की लीला विष्ट, वडा नम्बर ६ कै चाँदनी थारु, वडा नम्बर ७ झगडियाका वकिल गद्दीसहित एक भारतीय नागरिकको ज्यान गएको थियो। शनिबारकै दिन वन खुलाउने हुँदा चौकीदारले सतर्क रहन सबै समुदायमा माइकिङ गर्दा पनि घटना दोहोरिएको स्थानीय कृष्णबहादुर चौधरी बताउँछन्।

चौधरीका अनुसार २९ वर्षीया चाँदनी थारुलाई पनि शनिबारकै दिन सदाबहार सामुदायिक वनभित्र दाउरा काट्दा बाघले आक्रमण गरेको थियो। जलहन सामुदायिक वनको ‘तीनपाने’ भन्ने ठाउँमा लीला विष्टमाथि बाघले आक्रमण गरेको उनले सुनाए। करिब पाँच किलोमिटर टाढा पर्ने सामुदायिक वनबाट बाघ आएर डाँडाटेपरीमा पशु चौपायाको समेत सिकार गर्ने गरेको चौधरीले बताए।

नरभक्षी बाघ नियन्त्रणमा लिन वन कार्यालयलाई भने दुई साता नै लागेको थियो। राप्ती सव–डिभिजन वन कार्यालय मेहनामपुरका वनरक्षक खडकपाली धितालले भने, ‘बाघ नियन्त्रणका लागि चितवनबाट टिम आएको थियो। जिल्ला वनको टिम, सुरक्षाकर्मीसहित स्थानीयहरू मिलेर खोज्दा कतै भेटिएन।’

घटना भएको ठाउँमा बाघको आहारा राख्दा पनि नभेटिएपछि भैँसीको पाडो जङ्गलमा बाँधेको उहाँ सम्झिन्छन्। दुई सातापछि हात्तीमा चढेर जङ्गल जाँदा बाघ भेटिएको र बेहोस बनाउने सुईसहितको गोली हानेपछि नियन्त्रणमा लिएको धितालले बताए। अहिले उक्त नरभक्षी बाघ चितवन राष्ट्रिय निकुञ्जको इनक्लोजर ९कठघरा० मा राखिएको छ।

‘मेरो जागिरे उमेरको २५ वर्षसम्म पनि नजिकबाट बाघ देखेको थिइन। त्यो बेलामा भने राम्ररी देख्न पाइयो,’ धितालले भने। बाघले मान्छेको सिकार खोज्नुको कारण भने बाघहरू बीचकै द्वन्द्व भएको रेन्जर जयानन्द आचार्यले बताए। ‘भाले बाघहरूबीच द्वन्द्व हुँदा जित्ने बाघले पोथीसँग गएर आफ्नो इलाका बनाउने र हार्नेले नयाँ इलाकाको खोजी गर्दा बस्ती नजिकसमेत पुग्ने गर्छन्। त्यहाँ पुगेपछि बाघले आहाराका लागि मान्छेलाई समेत आक्रमण गर्छ,’ उनले भने।

रेञ्जर आचार्यका अनुसार मारेको सिकार एकपटक खाएर घुम्ने र फेरि खानका लागि त्यहीँ ठाउँमा आउने बाघको विशेषता हो। दोस्रो पटक आउँदा बाघले आफ्नो सिकार नपाएपछि नयाँ सिकारको खोजी गर्ने उनले बताए। ‘अन्य प्राणीको र मान्छेको मासु धेरै फरक हुन्छ,’ आचार्यले भने, ‘बाघले मान्छेको मासु खान सुरू गरेपछि उसको बानी परिसकेको हुन्छ। त्यसपछि उसले मान्छेकै सिकार गर्न खोज्छ।’

यो नरभक्षी बाघलाई नियन्त्रणमा लिएपछि भने राप्तीसोनारी शान्त छ। राप्तीपीडित वन उपभोक्ता समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलले भने, ‘राप्तीसोनारीमा लगातार घटना भएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। अहिले मान्छेहरू पनि सचेत भएका छन्। वन जाँदा समूहमा जान्छन्। त्यसपछि घटना भएको छैन।’

बाघको आक्रमणको घटनापछि सरकारले पीडित परिवारलाई १० लाखका दरले राहत दियो। वन उपभोक्ता समिति र वडा कार्यालयले पनि एक लाख सहयोग गरेको शोभा चलाउने बताउँछन्। ‘सरकारले दिएको राहत रकमले अहिले बालबालिका पढाउने, घर खर्च चलाउने गरेका छौँ,’ उनले भनिन्।

जङ्गल जाने काम भने बुबाको मृत्युपछि अन्तिमजस्तै भएको उनले सुनाइन्। उनले भनिन्, ‘बुबाको घटनापछि जङ्गल गएका छैनौँ। फेरि दोहोरिन सक्छ भन्ने डर लाग्छ। छिमेकीहरू जान्छन्, हाम्रो घरबाट पनि आजसम्म जङ्गल गएका छैनौँ।’ जैविक विविधता संरक्षणमा भने आफ्नो तर्फबाट भरपुर सहयोग गरिरहेको उनले बताइन्।

‘घटना हुँदैमा वनको माया मार्नु पनि भएन। वनजङ्गल र वन्यजन्तु त हाम्रा गहना हुन् नी। जङ्गलै सकियो, वन्यजन्तु नै सकियो भने त हाम्रो अस्तित्व पनि सकिन्छ,’ उनले भनिन्। पछिल्लो दुई वर्षयता भने स्थानीय जङ्गल जाँदा समूहमा जाने र समूहमै फर्किने गरेको वनरक्षक शङ्करप्रसाद जैसीले बताए।

‘पहिले स्थानीयहरू जति बेला पनि घाँस दाउराका लागि वन जान्थे,’ उनले भने, ‘त्यसै क्रममा लगातार मान्छेहरु नरभक्षी बाघको सिकार भए। अहिले वन खुलेको बेलामा पनि समूहमै जान्छन्, ठूलो स्वरले कराउँछन् र भारी बनाएर सुरक्षित घर फर्किन्छन्।’ वनरक्षक जैसीका अनुसार स्थानीयहरू आफू सुरक्षित रहने र वन जङ्गलको पनि सुरक्षा गर्ने सोचका साथ अघि बढेका छन्।

अहिले स्थानीयले वन्यजन्तु र मानवको सहअस्तित्वको बारेमा पनि बुझिसकेका छन्। त्यसैले जङ्गल आफ्नो गहना भन्दै संरक्षणमा जुटेका छन्।उनका अनुसार पहिले पहिले जङ्गली जनावर देख्दा तिनलाई मारिहाल्नुपर्छ भन्ने ठान्थे मानिस तर अहिले त्यस्तो छैन। जसरी वन हाम्रो सहारा हो मास्ने होइन, जोगाउनुपर्छ भन्नेबारेमा मानिसमा चेतना आएको छ, त्यसैगरी वन्यजन्तु पनि मानिसका सत्रु होइनन् साथी हुन् भन्ने चेतनामा मानिसमा देखिएको छ।

डाँडाटेपरीवासी बाघको आक्रमणबाट मात्रै होइन, अन्य जङ्गली जनावरबाट पनि पीडित छन्। कृषकको बालीनाली क्षतिको राहत नपाएको उनीहरूको गुनासो छ। ‘लगाएको खेतीबाट सुक्को पनि नपाउने अवस्था भइसक्यो। नीलगाईले रातभर खेती नोक्सान गरेर बारीमा जानै मन लाग्दैन,’ स्थानीय छवि बुढाथोकीले भने। बुढाथोकीका अनुसार खेताला लगाएर हुर्काएको खेती हेर्न जाँदा रुन मन लाग्छ। ‘दिनभर जोगाएको बाली राति पूरै नष्ट गरिदिएको हुन्छ,’ बँदेलले पनि उत्तिकै दुःख दिने गरेको उनले बताए। सरकारले वनको छेउमा घेरबाट गरिदिए आफ्नो बाली बच्ने उनी बताउँछन्।

‘सरकारले बाली नोक्सान गरेका पीडितलाई राहत दिने भनेको छ। तर, कहिले हो थाहा छैन”, बुढाथोकीले भने, ‘राहत पनि लालपुर्जा भएकालाई दिने र ऐलानी जमिनमा खेती गरेकालाई नदिने भनेको छ। यहाँ धेरैले ऐलानीमै खेती गरेर जीविकोपार्जन गर्दै आएका छन्। सरकारले बुझिदिए हुन्थ्यो।’  राप्तीसोनारी गाउँपालिका–६ का अध्यक्ष नवराज खरेल जङ्गली जनावरबाट पीडित किसानलाई ढिला भए पनि राहत उपलब्ध गराउने बताउँछन्।

‘पीडित कृषकलाई वन कार्यालयसँगको सहकार्यमा राहत उपलब्ध गराउँनेछौँ,’ ऐलानी जमिनमा भने मापदण्ड नै नभएको हुँदा राहत दिन नसकिने उनले बताए। कृषकको राहतका लागि अन्य पालिकाले पशु तथा कृषि बीमा गरेजस्तै राप्तीसोनारीले पनि बिमाको योजना ल्याउने तयारी गरेको उनले बताए। वडाध्यक्ष खरेलका अनुसार वडाले बाघ पीडित परिवारका एक जना विद्यार्थीलाई थप राहत दिने भएको छ। राहतस्वरूप वार्षिक रु पाँच हजारका दरले शैक्षिक सामग्री किन्न छात्रवृत्ति दिने निर्णय गरेको उनले सुनाए।

राप्तीसोनारी गाउँपालिकासँगै जोडिएको छ, पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्ज। राष्ट्रिय निकुञ्जको नजरमा वन मास्दाको परिणाम वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको हो। मांसाहारी जनावरलाई पर्याप्त सिकार नहुनु, डढेलो लगाउनु, जताततै डोजर लगाउँदा पानीका मुहान सुक्नु, अन्य जनावरलाई पनि पर्याप्त घाँस नहुनुजस्ता कारणले वन्यजन्तु बस्ती नजिक जाने गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार साहले बताए।

‘बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफलअनुसार अहिले रहेका सबै जनावरका लागि जङ्गल पर्याप्त छ। तर, आहाराका लागि नपुगेर जनावर बस्ती पुग्दा घरपालुवा चौपाया खाने, मान्छेमाथि आक्रमण गर्ने, खेतीबाली नष्ट गर्ने गरेका छन्,’ यसमा सबै निकायले वन वन्यजन्तु जोगाउनेप्रति लागेमा यस्ता घटना न्यूनीकरण हुने उनले बताए।

साहका अनुसार बाँके राष्ट्रिय निकुञ्ज र भारतको सुहेलवा सेन्चुरीलाई जोडेका कारण कम्दी जैविकमार्ग मानिएको छ। ‘बस्ती नजिकै जैविकमार्ग र सामुदायिक वन भएको हुँदा बाघ र मान्छेको जम्काभेट हुने सम्भावना हुन्छ। त्यो बेलामा आफू सुरक्षित हुन बाघले आक्रमण गर्ने गरेको देखिन्छ,’ उनले भने। सामान्यतया बाघले मान्छेमाथि त्यतिकै आक्रमण गर्दैन। घाइते, अशक्त तथा आहारा खोज्न नसक्ने अवस्थाको बाघले मान्छेमाथि आक्रमण गर्न सक्छ।

त्यस्तै आफ्नो बच्चासँग रहेका बेला तथा मानिससँग अचानक जम्काभेट भयो भनेमात्र उसले आफूलाई असुरक्षित महसुस गरेर बाघले आक्रमण गर्न सक्ने उनले बताए। तर मानिस पनि अहिले सचेत भएका छन् र यसबाट बच्ने धेरै तरिका पनि थाहा पाएका छन्। वनलाई सहाराजस्तै वन्यजन्तुलाई पनि आफ्ना साथी ठान्ने गरेका छन्।

 

  • वन सहारा
शनिबार, पुष २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.