डोटी- डोटीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते भएका हुन्।
खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट भएको हो । घाइते भएका उनको जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले घटनाबारेमा थप अनुसन्धान भइरहेको बताएका छन् ।













